Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालको दोस्रो हार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार | (रासस)
newsabhiyan

काठमाडौँ, २५ साउन : ‘एशियन गेम्स’को तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोली आज त्यहाँको यू–२३ टोलसँग ४–० ले पराजित भएको छ ।

आज अपराह्न बैङ्ककस्थित थाम्मासत विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपाल ४–० गोलअन्तरले पराजित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा शुरु हुने एशिया र त्यसलगत्तै भदौ १९ बाट बङ्गलादेशमा शुरु हुने साफ च्याम्पियनसिपको तयारीका नेपाली फुटबल टोलीलाई थाइल्याण्ड पठाएको थियो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट यही साउन २९देखि हुने एशियन गेम्सका लागि इण्डोनेशियामा जानेछ ।

यसअघि मङ्गलबार भएको खेलमा नेपाली टोली त्यहाँको पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो । बोनयाचिन्दा मैदानमा भएको खेलमा नेपालका डिफेण्डर आदित्य चौधरीले ३९औँ मिनेटमा आत्मघाती गोल गरेपछि घरेलु टोली विजयी भएको थियो ।

एशियन गेम्सको समूह ‘डी’मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपालले जापानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा भियतनामसँग साउन ३१ र पाकिस्तानसँग भदौ ३ गते समूह चरणको अन्तिम खेल खेल्नेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan