Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाबालिकाको बलात्कारका विरुद्धमा दिल्लीमा प्रदर्शन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार | (रासस÷एएफपी)
newsabhiyan

नयाँ दिल्ली, २५ साउन :  भारतको नयाँ दिल्लीमा रहेको एक सरकारी विद्यालयमा सात बर्षीया बालिकालाई बलात्कार भएको घटनाका विरुद्धमा शुक्रबार प्रदर्शन भएको छ ।

बालिकाका बाबुआमा सहित आफन्त र अधिकारकर्मीहरूले विद्यालय भवन अगाडी प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।

विद्यालयमा विद्युतसम्वन्धी काम गर्ने प्राविधिकले ती बालिकालाई विद्यालय भवनमै बलात्कार गरेको प्रहरी अधिकारीहरूको भनाई छ ।

बालिकामा रक्तश्रावको समस्या देखिएपछि बलात्कार भएको आशङ्कामा उनका बाबुआमाले बिहीबार प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।

“पिडितको स्वास्थ्य परीक्षण गरिएको छ, परीक्षण रिपोर्टले बालिकामाथि बलात्कार भएको स्पष्ट सङ्केत देखाएको छ,” दिल्ली प्रहरीका प्रवक्ता माधुर वर्माले एएफपीसँग भन्नुभयो ।

पिडितले किटानीसाथ दोषी देखाएपछि ३७ बर्षिय प्राविधिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको उहाँले बताउनुभयो ।

स्थानीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरेको समाचार अनुसार ती प्राविधिकलाई एक महिना अगाडी मात्रै विद्यालयले काममा लगाएको थियो ।

त्यो प्राविधिकले पानी तान्ने पम्प रहेको एकान्त कोठामा बालिकालाई तानेर लगी बलात्कार गरेको प्रारम्भिक विवरणबाट देखिएको प्रहरीको भनाई छ । बालिका विद्यालयबाट घर जान लागेका बेला ती व्यक्तिले तानेर लगेका थिए ।

भारतमा यौन हिंसा सम्वन्धी यस्ता घटनाका बारेमा धेरै नै कमजोर तथ्याङ्क छ । गत सन् २०१६ मा मात्रै झण्डै १९ हजार यौन हिंसासम्वन्धी घटना भएको विवरणहरू सार्वजनिक भएको छ ।


अधिकारकर्मीहरूले तथ्यांकमा १९ हजार देखिएपनि त्यो भन्दा धेरै यस्ता घटनाहरू भएको दावी गरेका छन् ।

उनीहरूले धेरै घटनाहरू प्रहरी सम्म पुग्न नसकेकोले तथ्याङ्कमा नसमेटिएको बताएका छन् ।
भारतमा १२ बर्ष भन्दा कम उमेरका बालिकालाई बलात्कार गर्नेलाई मृत्यु दण्ड दिने कानूनी व्यवस्था रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan