Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यसरी हुन्छन् निजामती कर्मचारीहरू मालामाल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण २५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ साउन । एक वर्षमै ५ हजार सरकारी कर्मचारी विदेश भ्रमणमा गए । ‘राष्ट्रसेवक’ को सरदर २५ हजार दिन घुमेरै बित्यो । त्यसमा राज्यकोषबाट २ अर्ब रुपैयाभन्दा बढी सकियो ।

अहिले आएर प्रधानमन्त्री कार्यालयले त्यत्रो खर्चको उपलब्धि देखाउन र्‍याखर्‍याख्ती पारिररहेको छ । भ्रमणकर्ता र तिनलाई पठाउने अधिकारीहरू भने जवाफ दिन सकिरहेका छैनन् । 

घुमेर सरकारी ढुकुटी दुरुपयोग गर्ने क्रम बढेपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो । उसले २२ वटै मन्त्रालय तथा सबै केन्द्रीय निकाय, आयोग, नियोग तथा प्रहरी र सेनाका प्रधान कार्यालयसँग विदेश भ्रमणका विवरण मागेको हो । २०७४ साउनदेखि २०७५ असारसम्मको संख्या आफैंमा अत्यासलाग्दो पाइयो ।

कतिपय भ्रमण दातृ निकायको खर्चमा समेत भएका छन् । त्यसको यकिन विवरण भने जुट्न सकेको छैन । अर्थ मन्त्रालयले सरकारी कोषबाट मात्र उक्त अवधिमा दुई अर्ब रुपैयाँ सकिएको जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालयलाई अधिकांश कर्मचारीले भ्रमणको स्रोतसमेत खुलाएका छैनन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार भ्रमण तीनदेखि १० दिनसम्मका छन् । त्यसलाई औसत ५ दिन मानेर कार्यालयले २५ हजार दिन बिताएको आँकडा निकालेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan