Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कानुनमन्त्रीलाई बर्खास्त गर्न राप्रपाको माग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ७ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ साउन । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मिता माथि नै ठेस पुग्ने गरि कानुन मन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति अभद्र, अशिष्ट र आपत्तिजनक भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त अभिव्यक्तिको निन्दा एवं भत्सर्ना गरेको छ ।

राप्रपा सह प्रवक्ता एवं प्रचार विभाग विभाग मोहन श्रेष्ठले आइतवार एक विज्ञप्ती जारी गरि मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी ओली संग माग पनि गरेको छ ।

साथै, राप्रपाले केही दिन अघि नेपाली चेलीहरु बंगलादेश स्थित कलेजका प्राध्यापकहरुबाट करणीमा पर्ने सम्बन्धि सोही प्रकृतिको आपत्तिजनक अभिव्यक्ति दिने बिर्तामोड स्थित बि एण्ड सि हस्पिटलका सञ्चालक दुर्गा प्रसाइलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न पनि सरकारसंग माग गरेको छ ।

नेपाल समाचारपत्र दैनिकबाट 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan