Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आजबाट काठमाडौको फोहोर व्यवस्थापन हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ७ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ साउन । करिब तीन सातादेखि रोकिएको उपत्यकाको फोहोर व्यवस्थापन सुचारु भएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले आज सोमबारभित्र राजधानीको फोहोर व्यवस्थापन भइसक्ने दाबी गरेको छ ।

सिसडोल ल्लायन्डफिल साइटको बाटो बिग्रिएको कारण फाहोर व्यवस्थापन कार्यमा समस्या आएको थियो । 

वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरले लगातार पानी परेको कारण सिसडोलामा फोहोर व्यवस्थापन गर्न समस्या भएको जानकारी गराए । उनले पानी पर्ने क्रम रोकिएसँगै उपत्यकाको फोहोर व्यवस्थापन सहज भएको बताए ।

तर, टेकुस्थित एक मात्र ट्रान्सफर स्टेसन फोहोरले भरिएको छ । ट्रान्सफर स्टेसनमा फोहोर भरिए पनि उपत्यकाको शहरको फोहोर संकलन गरिएको बताए । ‘ट्रान्सफर स्टेसनको केही दिन लाग्न सक्छ, आजसम्म राजधानीको सडकको फोहोर उठाइसक्नेछौं’ –उनले भने । कामपाले दैनिक करिब ५ ट्रक फाहोर व्यवस्थापन गरिरहेको छ ।

फोहोरले पूर्ण रुपमा भरिएको सिसडोल ल्यान्डफिल साइटको अवस्था बिग्रँदै गएको छ । यही अवस्थामा फोहोर व्यवस्थापन भए करिब तीन महिनामा ल्यान्डफिल साइट पूर्ण रुपमा भरिनेछ । सरकारले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा नराखेको कारण वर्षात्मा दैनिकजसो समस्या पर्दै गएको छ ।

कति दिन फोहोरको डंगुरमा बाटो बनाउँदै फोहोर व्यवस्थापन गर्ने ? यस्तो गम्भीर विषयमा सरकारले ध्यान नदिए समस्या पर्ने देखिएको विभागीय प्रमुख कुँवरले बताए । नेपाल समाचारपत्र दैनिकबाट 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan