Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेती नदीमा फालिएका बच्चाको यसरी भयो पुनः जन्म, विमानस्थलमा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु

डा. केसीको आन्दोलनले अर्कै रुप लियो, युवाहरुले भने शिक्षा र स्वास्थ्य सरकार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ७ सोमबार | Patrapatrika
newsabhiyan
newsabhiyan

विमानस्थलमा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु


साउन ७, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा आइबार गराइएको विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । आन्तरिक मन्त्रलायले उक्त विस्फोट स्वनिर्वासनबाट आफ्नो देश फर्केका उप–राष्ट्रपतिलाई लक्षित गरी गराइएको जनाएको छ ।

 

यद्यपि, अब्दुल रसिद डोस्टुम विस्मानस्थलबाट निस्केको केहीबेरमा विस्फोट गराइएका कारण उनी सकुशल रहेको अधिकारीहरूले जनाएका छन् ।

अफगान सेनाका पूर्व जेनेरलको फिर्तीमा उनका समर्थकले खुसी मनाइरहेका बेला विस्फोट गराइएको हो । उनी गत वर्ष आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई अपहरणपछि बलात्कार गर्न आफ्ना सहयोगी लगाएको आरोपपछि टर्की पुगेका थिए । यद्यपि उनले उक्त आरोप निराधार भएको दाबी गरे ।

विस्फोटको कारण हालसम्म थाहा हुन नसकेको अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । अफगान सञ्चारमाध्यमले भने घटना आत्मघाती आक्रमण भएको जनाएका छन् ।

आन्तरिक मन्त्री नाजिब डानिसले विमानस्थलको गेटनजिकै गराइएको विस्फोटमा परी केही मानिसहरू घाइते भएको जनाएका छन् । उनका सहयोगीले भने डोस्टुम उपचारका लागि टर्की गएको बताउने गरेका छन् ।

डोस्टुमले सन् २०११ मा तालिवानलाई अपदस्त गर्न अमेरिकी सेनालाई सहयोग गरेका थिए । त्यसयता उनले सन् २०१४ मा उपराष्ट्रपति बनेका हुन् । उनी अफगान राजनीतिक दल जुनबिस–ए मिल्लीको अध्यक्ष समेत हुन् । समाचार कान्तिपुरमा छ ।

सेती नदीमा फालिएका बच्चाको यसरी भयो पुनः जन्म
असारको १ गते सेती नदीमा हाम फालेको घटनामा बाँचेका ८ वर्षका सुरेन्द्र बोहरा भाग्यले बाँचेका खुलेको छ । उनलाई सेती नदीमा माछा मारिरहेका ६० वर्षका धनबहादुर विकले आफ्नो नाति सम्झेर जोखिम मोल्दै नदी बीचबाट उद्धार गरेको आदर्श गाउँपालिका–४ का अध्यक्ष नारायण पछेराले बताए ।

असार १ गते डोटीको आदर्श गाँउपालिका बडा नं। ४ बस्ने बम वहादुर बोहराकीश्रीमती धौली बोहराले आफ्ना तीन सन्तानसहित सेती नदीमा हामफालेकी थिइन । बाँचेका सुरेन्द्रले बताए अनुसार सबैभन्दा पहिला धौलीले १२ वर्षकी छोरी राधिकाको हात समातेर सेतीमा फालेकी थिइन् । त्यसपछि सुरेन्द्रलाई फालेकी उनले अन्तमा ६ वर्षको छोरा सुनिललाई पिठ्युमा बाँधेर मामफालेको वडाअध्यक्ष पछेराले बताए ।

अर्को गाउँका ६० वर्षीय मानबहादुर आफ्नो नातिलाई लगेर १ गते दिउँसो सेतीमा माछा मार्न गएका थिए । नदीमा जाल हान्ने क्रममा उनी नाति बसाएको स्थानबाट सय–डेढ सय मिटर टाढा पुगेका के थिए, नाती जस्तै देखिने बालक ९त्यो वीरेन्द्र थियो० नदीमा डुब्दै उत्रिँदै गरेको देखे ।

मानबहादुर नाति नदीमा बगेको भन्ठानेर जोखिम मोलेर सेतीमा कुदे । उनले बगिरहेका बालक समातेर बाहिर ल्याए तर ऊ वीरेन्द्र थियो भने उनको नाति बसाएकै स्थानमा थिए । त्यसपछि वीरेन्द्र नदीमा डुबेको बारेमा सोधपुछ भएको थियो । मानवबहादुरको भनाइ उदृध गर्दै वडा अध्यक्ष पछेराले भने, ‘त्यसपछि थाहा भयो की सेतीमा धौली र उनका दुई सन्तान बगिसकेका छन् भनेर ।’

मानबहादुरले वडाअध्यक्ष पछेरालाई फोन गरेर फेला परेका बालकबारेमा जानकारी गराए । अनि २ गते मात्रै गाउँलेले सेतीमा धौलीसहित उनका सन्तानको खोजी सुरु गरे । घटना ढिलोगरी साउन ४ गते मात्रै प्रहरीमा आइपुगेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।

प्रहरीले सबै बच्चासहित नदीमा हाम फाल्नुको कारण पत्ता नलागेको जनाएको छ । धौलीकी जेठी छोरी राधिका त गाईगोरु चराउन बिहानै वनतिर गइसकेकी थिइन् । श्रीमानलाई बच्चाको उपचारका लागि स्वास्थ्य चौकी जान्छु भनेर हिँडेकी धौलीले बनमा गाई गोरु चराउन गएकी राधिकालाई पनि मामाको घर आँप खान जाने भनेर बोलाएको स्थानीयले बताएका छन ।

धौलीका श्रीमान् बमबहादुरले गाई गोरु घर आईसकेको र छोरी राधीका नआएपछि सोधपुछ गर्दा आमाले आँप खुवाउन बोलाएको भनेर खुलेको प्रहरीलाई बयान दिएका छन । माइती पक्षले पनि केही महिनायता धौलीको मानसिक अवस्थामा केही गडबड भएको प्रहरीलाई बयान दिएको डिएसपी धामीले बताए ।

भारतमा काम गरिरहेका श्रीमान बमबहादुरले आफू र बच्चा बिरामी छन भनेर फोन गरेकाले आफू घर आएको प्रहरीलाई बताएका छन । प्रहरीले बमबहादुर, उनकी सासु लगायत स्थानीयसँग सोधपुछ गर्दा नदीमा हाम फालेर आत्महत्या गर्नुको खासै कारण फेला नपरेको जनाएको छ ।

तर प्रहरीले नदीबाट उद्धार गरिएका बालक सुरेन्द्रलाई सोमबार जिल्ला प्रहरी कार्यालय बोलाएर उनको बयानका आधारमा अनुसन्धान केन्द्रित पार्ने जनाएको छ । ‘हामीले उद्धार गरिएका ८ वर्षीय सुरेन्द्रलाई ल्याउन भनेका छौं’, डिएसपी लालबहादुर धामीले भने, ‘त्यसपछि केही कुरा खुल्न सक्छ ।’  समाचार अन्नपूर्ण पोष्टमा छ ।

कमसल धितोलाई बढी मुल्याङ्कन गरेर २ करोड भन्दा बढी ठग्ने जेल चलान


नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टचार गरेर फरार रहेका अभियुक्तलाई जेल चलान गरेको छ ।


ब्यूरोको टोलीले सर्वोच्च अदालतको २०७३ कात्तिकको फैसलाअनुसार रु एक करोड चार लाख ७५ हजार जरिवना सुनाएका धादिङका ५५ वर्षीय गेहेन्द्रबहादुर मल्ललाई हिजो सुन्धाराबाट पक्राउ गरी डिल्लीबजार जेल चलान गरेको हो ।

मल्लले बैंकको कर्मचारीसँगको मिलेमतोमा पिजी स्टोर्स र सानिमा फर्निचर नामका कम्पनीको कमसल धितोलाई अस्वभाविक मूल्याङ्कन गराई विभिन्न मितिमा रु दुई करोड नौ लाख ५० हजार कर्जा निकाशा गरी उपयोग गरेको ब्यूरोले जनाएको छ । समाचार कान्तिपुरमा छ ।

हुनेभयो नेपाल र चिन विच सैन्य अध्यास


नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप’को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म चीनको छेन्दूमा हुने भएको छ। गत वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण चीनको सिचुवान प्रान्तको छेन्दूमा हुने भएको हो।

संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा १६ जना सैनिक अधिकारीको सहभागिता हुने सैनिक स्रोतले बताएको छ। गत वर्ष वैशाखमा भएको संयुक्त सैन्य अभ्यास यसपटक सरकार गठन र त्यसपछि लगत्तै भएको प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका कारण केही ढिलाइ भएको थियो।

प्रधानमन्त्री ओलीको भ्रमणपछि संयुक्त सैन्य अभ्यास गर्नेमा दुवै मुलुकका रक्षा मन्त्रालय सहमत भएका थिए। प्रधानमन्त्री ओली र त्यसलगत्तै प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणले संयुक्त सैन्य अभ्यासको टुंगो लगाएको हो।

प्रधानसेनापति क्षत्री चीन भ्रमणमा गएका बेला त्यहाँका रक्षामन्त्री र सेना प्रमुखसँग समेत संयुक्त सैन्य अभ्यासलगायत द्विपक्षीय हितका विषयमा छलफल गरेका थिए। संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद व्यवस्थापनलगायतमा केन्द्रित हुने छ।

सैनिक जनसम्पर्क निर्देशनालयका सहप्रवक्ता महासेनानी विजय थापाले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको छेन्दुमा हुने बताए। महासेनानी थापाले अन्नपूर्णसँग भने, ‘सैन्य अभ्यासमा सहभागी हुने सैनिक अधिकारीहरूबाहेक नेपाली सेनाको तर्फबाट पर्यवेक्षक टोलीसमेत त्यसतर्फ प्रस्थान गर्ने छ।’

संयुक्त सैन्य अभ्यासको मिति तय भएसँग दुवै मुुलुकका सैनिक अधिकारी त्यसको तयारीमा जुटेका छन्। नेपाली सेनाले संयुक्त सैन्य अभ्यासमा सहभागी हुने सैनिक अधिकारीलाई विभिन्न विषयमा तालिम दिइरहेको छ।

गत वर्ष वैशाख ३ देखि १२ गतेसम्म महाराजगन्जस्थित विशेष बाहिनीमा दुई देशका विशेष सेनाले सैन्य अभ्यास गरेका थिए। आतंकवादबाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले गत वर्ष पहिलो पटक संयुक्त सैन्य अभ्यास गरेका थिए। दोस्रो संस्करणमा समेत नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायतमा केन्द्रित हुने छ।

नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको पहिलो संयुक्त सैन्य अभ्यासलाई ‘सगरमाथा फ्रेन्डसिप—२०१७’ नाम दिइएको थियो। गत वर्ष चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङको नेतृत्वमा २२ सदस्यीय टोली संयुक्त सैन्य अभ्यासका लागि काठमाडौं आएको थियो। सेनाले सैन्य कुटनीतिका माध्यमबाट मित्रराष्ट्रका सैनिक संगठनसँग द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउन संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।

नेपाली सेनाले अमेरिकी सेनासँग समेत संयुक्त सैन्य अभ्यास गर्दै आएको छ। नेपाली र भारतीय सेनाबीच पनि प्रत्येक वर्ष सैन्य अभ्यास हुँदै आइरहेको छ। नेपाली र भारतीय सैनिकको संयुक्त सैन्य अभ्यास ‘एक्सरसाइज सूर्यकिरण’को १२ औं संस्करण अघिल्लो वर्ष भदौमा रूपन्देहीको सालझण्डीस्थित सेनाको ब्याटल स्कुलमा भएको थियो।

सेनाले पछिल्लो समय द्विपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम र अभ्यासका माध्यमबाट सैन्य कूटनीति सुदृढ र मजबुत पार्दै आएको छ। नेपाल र चिनियाँ जनमुक्ति सेनाबीच गत वर्ष भएको संयुक्त सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र विभिन्न युरोपेली मुलुकले असहजता प्रकट गरे पनि नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताएको थियो। समाचार अन्नपूर्ण पोष्टमा छ ।

डा. केसीको स्वास्थ्य गम्भीर बन्दै, वार्ता अडानकै कारण सफल हुन सकेन


२३ दिनदेखि अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य गम्भीर भए पनि स्थिर छ । सरकारले जुम्लाबाट आफूलाई अपहरण शैलीमा ल्याएको भन्दै केसीले राजधानी आएदेखि नै स्वास्थ्य जाँच गराउन अस्वीकार गर्दै आएका छन् ।

 

‘उहाँको स्वास्थ्य स्थिति क्रिटिकल ९गम्भीर० भए पनि स्टेबल (स्थिर) छ,’ त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर स्पेसलिस्ट डा। प्रमेशसुन्दर श्रेष्ठले कान्तिपुरसँग भने, ‘उहाँले कुनै जाँच गर्न दिनुभएको छैन । त्यसैले यकिन भन्न सकिने स्थिति छैन ।’ उनले केसीमा छाती र मांसपेशी दुख्ने, चक्कर आउनेलगायत समस्या देखिएको बताए । ‘लामो अनशन र शरीरमा विभिन्न तत्त्वको कमीले यस्तो समस्या देखिएको हो,’ उनले भने । स्वास्थ्य जाँच गराउन नमानेका कारण चिकित्सकले उनको रगतमा पोटासियम, म्याग्नेसियम, क्याल्सियमलगायत इलेक्ट्रोलाइटको घटदो मात्राबारे कुनै जानकारी प्राप्त गर्न सकेका छैनन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहँदा नै उनको मुटुको चालमा गम्भीर गडबडी देखिएको त्यहाँका निर्देशक डा। पुजन रोकायाले बताए । ‘त्यतिबेला हामीले विज्ञसँग सम्पर्क गर्दा मुटुको यस्तो गडबडीले अनशन बसेका व्यक्तिको शरीरमा विभिन्न तत्त्वको कमी हुने भएकाले जोखिम रहेको बताएका थिए,’ उनले भने ।

आइतबार पनि वार्ता भएन
सरकार र डा। केसीबीच आइतबार पनि औपचारिकरअनौपचारिक वार्ता हुन सकेन । डा। केसीका प्रतिनिधि डा। अभिषेकराज सिंहले सरकारी पक्षबाट वार्ताका लागि कुनै पहल नभएको बताए । यसैबीच क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, पूर्वमन्त्री गोपाल किराँती, मानव अधिकारवादी नेता कृष्ण पहाडीले आइतबार अनशनस्थल पुगेर केसीको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।

सबैभन्दा लामो अनशन
डा। केसीको यसपटकको आमरण अनशन सबभन्दा बढी दिनको हुने भएको छ । यसअघि उनी तेह्रौं अनशन २३ दिन बसेका थिए । उनको अनशन सोमबार २४ दिन पुग्दै छ । समाचार कान्तिपुरमा छ ।

डा. केसीको आन्दोलनले अर्कै रुप लियो, युवाहरुले भने शिक्षा र स्वास्थ्य सरकारीकरण गर


शिक्षा र स्वास्थ्यलाई सरकारीकरण गर्न माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ । सञ्चालनमा रहेका सबै शैक्षिक संस्था र स्वास्थ्यसंस्थालाई राष्ट्रियकरण गर्नुपर्ने माग प्रर्दशनमा संलग्नहरूले गरेका छन् ।

शनिबार राजधानीको माइतीघर मण्डलामा यूवाहरुको संगठन ुयुथ एलायन्सु ले सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्नु पर्ने माग गरेका हुन् ।

उनीहरुले शिक्षा र स्वास्थ्यजस्ता गम्भीर र संवेदनशील क्षेत्रलाई सरकारीकरण गर्नुपर्ने माग गरे । प्रदर्शनमा सहभागीले सबै मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरेर समाजवादतर्फको यात्रा सुरु गर्नुपर्ने बताएका थिए ।

अभियान्ता आरके रोमश र प्रेम ढकालले शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरणका लागि दबाब दिन अभियान थालिएको बताए । यो अभियान देशभर लैजाने उनीहरूले बताएका छन् । समाचार अन्नपूर्ण पोष्टमा छ ।

 

For more news please click here

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan