Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ब्ल्याकको नयाँ गीत रिलिज

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ६ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । भदौ १ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'ब्ल्याक'को नयाँ गीत रिलिज भएको छ । गीतमा लिड कलाकार आकाश श्रेष्ठ र आँचल शर्मा प्रेमिल भावमा फिचर छन् । 'तिम्रो लागी' बोलको गीत रोमान्टिक फ्लेभरमा छ ।

सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा संगीत महेश खड्काले भरेका छन् । कोरियोग्राफी रामजी लामिछानेको छ । लभस्टोरी जनराको फिल्मको यसअघि रिलिज 'पल पल हरपल' बोलको गीत चर्चामा छ ।

प्रदिप श्रेष्ठ निर्देशित फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् । फिल्ममा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाल पनि लिड रोलमा छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा मौनता श्रेष्ठको स्कृप्ट समावेश छ ।

'ब्ल्याक'लाई गोविन्द शाही, उज्जल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् । चेतनकुमार पाण्डे कार्यकारी निर्माता रहेको यो फिल्मलाई रामशरण उप्रेतीले छायांकन गरेका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan