Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ईतिहास रच्दै फ्रान्स विश्वकप फुटवलको फाईनलमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार | Patrapatrika
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ असार  । हिजो राति भएको फ्रान्स र वेल्जीयम विचको खेलमा दोस्रो हाफमा स्यामुएल उम्टिटीले गरेको एकमात्र गोलको मद्दतसँगै फ्रान्स बेल्जियमलाई १० ले पराजित गर्दै फिफा विश्वकप २०१८ को फाइनलमा पुगेको छ ।

मंगलबार पिटर्सबर्गमा भएको खेलमा ५१ औं मिनेटमा उम्टिटीले गरेको गोल नै निर्णायक सावित भयो ।

एन्टोइन ग्रिज्मनको कर्नरमा हेडरमार्फत गोल गर्दै उनले टोलीको जित पक्का गरेका थिए । खेलको पहिलो हाफ गोलरहित रहेपनि दुवै टोलीले पाएको अवसर गुमाएका थिए ।

फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले उत्कृष्ट प्रदर्शन गर्दा बेल्जियमले अग्रता लिन बन्चित भएको थियो ।

सन् १९९८ को विश्वकप विजेता फ्रान्स यसअघि सन् २००६ मा पनि फाइनल पुगेको थियो ।

सन् १९९८ को फाइनलमा ब्राजिललाई पराजित गरेको फ्रान्स २००६ मा भने इटालीसँग पराजित भएको थियो ।
फ्रान्सले अब जुलाई १५ मा हुने फाइनलमा इंग्ल्यान्ड र क्रोएसियाको विजेतासँग खेल्नेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan