Saturday 17th of November | २०७५ मङ्सिर १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुटपिटमा संलग्न फरार अभियुक्त नेप्टे भन्ने गुरुङ पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ११ सोमबार |
newsabhiyan

प्रनिश थापा , चितवन , ११ असार ।  चितवन प्रहरीले कुटपिट गरी अंगभंग मुद्दाका फरार एक अभियुक्तलाई आइतबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार फागुन १८ गते फागु पुर्णिामाका दिन भरतपुर महानगरपालिका वर्डा नम्बर ७ कृष्णपुर बस्ने देव बहादुर गौतमलाई अंगभंग हुने गरी कुटपिट गरेर फरार रहेका भरतपुर महानगरपालिका वर्डा नम्बर ११ बस्ने ' नेप्टे ' भन्ने नविन गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङ माथि  रत्ननगर नगरपालिका वर्डा नम्बर १० स्थित टिकौली जंंगलभित्र लगी अंगभंग हुने गरी कुटपिट गरेको आरोप लागेको छ । यसअघि सोही घट्नाका अर्का आरोपित भरतपुर महानगरपालिका वर्डा नम्बर ११ बस्ने राजन गौतमलाई प्रहरीले पक्राउ गरिसकेको र हाल उनी पुर्पक्षका लागी थुनामा रहेको छ ।

विभिन्न अपराधीक गतिविधिमा संलग्न रहि फरार हुँदै आएको अभियुक्तलाई पक्राउ गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय चितवनको थ्री एस अप्रेसन बाट खटिएको प्रहरीको विशेष टोलीले गुरुङलाई आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको एसपी शुशील सिंह राठौरले बताए ।

गुरुङलाई आवश्यक कार्वाहीको लागी सम्मानित चितवन जिल्ला अदालतमा पेश गरिने प्रहरीले बताएको छ । प्ररहरीले पछिल्लो समय फरार अपराधी पक्राउलाई पहिलो प्राथमिकतामा राखी काम गरिरहेको एसपी राठौरले बताए ।

एसपी राठौरले कुनै पनि अपराधीक गतिविधिमा संलग्न रहेका ब्यक्ति प्रहरीको नजरबाट कहिल्यै उम्किन नसक्ने बताउदै अपराधीक एवम् फरार अभियुक्तका जोसुकै भएपनि तत्कालै कार्यालयमा आइ आत्मसम्पर्ण गर्न आग्रह गरे ।

उनी भन्छन् : घट्ना जहिलेसुकैको होस् , प्रहरीले अब बिर्सिसके भन्ने हेक्का राख्नु गलत हो । तसर्थ , फरार अभियुक्तलाई आत्मसम्पर्ण गर्न म सुझाव दिन्छु ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan