Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माल्दिभ्सद्वारा मनोरन्जन क्षेत्रमा बैदेशिक लगानी नियन्त्रण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ जेठ ३१ बिहिबार | (रासस÷सिन्ह्वा)
newsabhiyan

माले, ३१ जेठ । माल्दिभ्स सरकारले कार्यक्रमहरूको व्यवस्थापन गर्ने, मनोरन्जन र उत्पादन क्षेत्रमा वैदेशिक लगानीलाई नियन्त्रण गरेको छ ।

ती कामहरुमा स्थानीय लगानीलाई प्रेरित गर्न अधिक वैदेशिक लगानीलाई प्रतिबन्ध लगाइएको सरकारी अधिकारीहरूले बिहीबार जनाएका छन् ।

माल्दिभ्सको आर्थिक विकास मन्त्रीले मनोरन्जन क्षेत्रको काम, कार्यक्रम व्यवस्थान, श्रव्यदृश्य सामग्री भाडामा दिने, संगीत सम्वन्धी सामग्रीहरूको उत्पादन, विक्री, भाडामा दिने र यस्तै अन्य कामहरूमा अधिक बैदेशिक लगानी प्रतिबन्ध गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ती हरेक काम तथा व्यवसायमा कम्तीमा ५१ प्रतिशत लगानी माल्दिभ्सका नागरिकको नै हुनु पर्दछ । विदेशीको ५० प्रतिशत भन्दा कम हुनुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

सरकारले हालै मात्र मोबाइल फोन विक्री तथा यस सम्बन्धि तालिम, फोटो सम्बन्धि सेवालगायतका सेवामा पनि अधिक बैदेशिक लगानी रोक्ने निर्णय गरेको थियो ।

विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा माल्दिभ्सका झण्डै एक चौथाई युवाहरु बेरोजगार रहेको उल्लेख गरिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan