Sunday 27th of May | २०७५ जेठ १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री ओलीलाई धम्की दिने यी क्रिश्चियन को हुन् ? 'लाजै नमानी सदाचारका कुरा'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १२ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १२ बैशाख । राष्ट्रिय ख्रीष्टियन महासंघले हालै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति–२०७४ को बिरोध जनाएको छ ।

महासंघका अध्यक्ष सिवि गहतराजले रकम कलमकै आडमा ‘प्रधानमन्त्री केपी ओलीलाई घुमाउरो भाषामा धम्की समेत दिए ।

नेपालमा डलरको आडमा उदुम मच्चाउने क्रिश्चियन को हुन् ? ‘ लाजै नमानी सदाचार नीति'को कुरा गर्ने त्यो पनि प्रधानमन्त्री ओलीलाई जोडेर ?

मंगलबार रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर मन्त्रीपरिषदले प्रस्ताव गरेको सदाचार नीतिको मौसदामा नागरिकले स्वतन्त्र रुपमा धर्म छान्न पाउने अधिकारलाई कुण्ठीत बनाएको भन्दै बिरोध पो जनाए ।

खुले आम रकमको आडमा वाईबल बाड्नेहरुले चर्का कुरा गर्न थालेकाछन् । तिन बर्ष अगाडि चामलमा वाईबल राखेर बाड्नेहरुले पछिल्लो समय चर्का कुरा गर्न थालेकाछन् ।

महासंघका अध्यक्ष सिवि गहतराजले ख्रीष्टियनहरुको धार्मिक अधिकारमाथि सरकारले कडाई गरे आगामी दिनमा नेपालमा क्रिष्टियनहरुको संख्या दोब्बर हुने दाबी गरे । रकममा किनेर को असली  क्रिश्चियन हुन्छ ।

उनै गहतराज आफ्नो आम्दानी रोकीए क्रिश्चियन धर्मका बारेमा सोच्ने थिए स्रोतले भन्यो ।  प्रधानमन्त्री ओलीलाई धम्की दिने यी क्रिश्चियन को हुन् ? ‘ लाजै नमानी सदाचार नीतिको कुरा गर्ने ? आम नागरिकले प्रश्न गरेकाछन् ।

उनले भने,‘पृथ्वीनारायण शाहले देश निकाला गरेको ख्रीष्टियनहरुको संख्या आज आएर ३० लाख पुगेको छ, यसरी नै सरकारले हामीमाथिको अन्याय कायम गर्ने हो भने हाम्रो संख्या बढ्छ, हामीलाई हेप्ने कुरा धेरै परको कुरा हो, कसैले चिमोट्यो भनेपनि हामी एकजुट हुन्छाँै ।’

उनले अघि भने,‘सरकार समृद्धिको बाटोमा जान्छ, यदि सरकार आँफै जनताका अधिकारहरुलाई कुण्ठित गर्ने बाटोमा गैरहेको छ, पत्रकार मित्रहरुले भनिदिनुुस् सरकार समृद्धिको बाटोमा हिड्नुपर्यो भनेर, उल्टो बाटो हिँडेर गन्तब्यमा पुगिँदैन भनेर सरकारलाई जहाँसम्म थाहा छैन्, संविधानले दिएका हकअधिकारहरुलाई कार्यान्वय गर्नुको साटो राज्य जनतामाथि प्रहार हुँदैछ ।’

उनले अघि थपे,‘केही दिन पहिले सरकारले कुनैपनि धर्मालम्बीहरुसँग छलफल नगरिकन विदा कटौती गर्यो, जुन कुरा आक्रमण शैलीमा गरेको थियो, कर्मचारीहरु र आफूहरु काम नगर्ने समाजका, धर्मका र महत्वपूर्ण विदाहरु कटौती गरेर समृद्धि हुन्छ ?

नेपालको समृद्धिको लागि, राष्ट्रियता र अखण्डताको लागि नेपाली ख्रीष्टियन समुदाय एकदम सकारात्मक छ, बलजफ्ती रुपमा हामीले कसैलाई धर्म परिवर्तन गराउँदैनौं, नकारात्मक रुपमा कसैले त्यस्तो काम गरेको ठाउँमा सरकार छ कारबाही गरोस्।’ पो भन्न भ्याए तर खुलेआम क्रिश्चियन धर्म प्रचार गरिरहेका बारेमा उनी बोल्न सकेनन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली जनताको हित विपरित रहेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री ओली निर्वा्चित भएको केही दिनदेखि नै जनताको भावना विपरित हिड्न थाल्नुभएको छ, यो गलत छ, ईयूले दिएको निर्वाचन रिपोर्टसँग नेपाली ख्रीष्टियन समुदायलाई जोडेर विभेदकारी वचनहरु बोल्नुभयो, अरुले के गर्छन् त्यो हाम्रो कुरा होईन, हामी त यो देशका नागरिक हौं, हाम्रो पनि यस देशको बारेमा चिन्ता र चाँसो छ,  स्वास्थ्य शिक्षा र अन्य विकासका कार्यहरुमा हाम्रो पनि उत्तिकै भूमिका छ ।’

गृहमन्त्रीले सत्य तथ्य पत्ता नलगाई हावाको भरमा ख्रीष्टियनले मन्दिर ढालेर चर्च निमार्ण गर्दैछन् भन्ने खबर पाएको छु अब कारबाही गर्छु भन्दै हिँडेको भन्दै उनले आपत्ति जनाए ।

उनले अघि थपे,‘यो कुरा गृहमन्त्रीले कसरी विश्वास गर्नुभयो, कसैलेपनि एक अर्कोको धर्ममा आँच आउने कुरा गर्नुहुँदैन, हामीले पनि भनेका छैनौं, चर्च बनाउन मन्दिर नै ढाल्नुपर्छ र ? खालि ठाउँमा बनाउँछौँं नि, मृत्युजस्तो संस्कारलाई पनि सम्मान गर्न नसक्ने सरकार त छ ।’

अध्यक्ष गहतराजले भने,‘सदाचार नीतिको ९.२.३ को उपदफा २ र १२ दफा नम्बर ९.२.५ को उपदफा ९ र दफा ९.२.४ को उपदफा ६,७, २४ र २५ ले प्रत्यक्ष रुपमा ख्रीष्टियनहरुको अधिकारलाई कुण्ठित गर्ने हाम्रो ठहर छ, त्यसैले तत्काल संशोधन गर्नको लागि सरकारसँग माँग गर्दछौँं ।’


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan