Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १२ बुधबार | (रासस)
newsabhiyan

तुलसीपुर, दाङ, १२ वैशाख । दाङमा बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना हुँदा आज एक जना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गासिंहले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान ओविलाल गिरी रहेका छन् ।

गिरी रोल्पा खुङ्गी निवासी हुन् । सोही मोटरसाइकल दुर्घटनामा परी चालक प्रहरी जवान प्रहरी जवान वसन्त अधिकारी घाइते भएका छन् ।

घाइते अधिकारीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको अस्पातालले जनाएको छ । आज बिहान उनीहरु मोटरसाइकल गस्तीमा गएको बेला दुर्घटनामा परेका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan