Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भाया साक्रा अर्थात् पवित्रपथः स्तरीय कृति

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ११ मंगलबार | रासस
newsabhiyan

काठमाडौँ, ११ वैशाख । साहित्य चौतारी बेलायतको आयोजनामा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नवीनतम नियात्रासङ्ग्रह ‘भाया साक्रा’(पवित्रपथ) को लन्डनमा भएको अन्तरक्रियामा धेरै समयपछि गहन विषयमा स्तरीय कृति नेपाली साहित्यमा आएको प्रतिक्रिया जनाइएको छ ।

बेलायत, बेल्जियम र इटालीको भ्रमणपछि प्रकाशित कृतिमाथि समालोचना गर्दै विजय सापकोटाले कृतिमा अध्ययनको दायरा फराकिलो देखिएको छ भन्दै यसबाट ज्ञान, विज्ञान, इतिहास र दर्शन आदिका जानकारी पाइने बताउनुभयो ।

साहित्यकार डा रुपक श्रेष्ठले कृतिमा नेपाल राष्ट्रको प्रेमको प्रशंसा पाइने बताउँदै नियात्रासङ्ग्रहमा पनि डायोस्पोरिकता ल्याउन सक्नु लेखकको विशेष क्षमता भएको विचार राख्नुभयो ।

साहित्यकार वासु शर्माले कृतिमा जताततै नेपाल खोज्दै र सम्झँदै हिँडेको सुखद पक्ष रहेको बताउँदै यात्रापूर्व अध्ययन र यात्रापछि अनुसन्धान गरेर लेखिएको नियात्राले शिक्षा मात्र हैन आनन्द पनि दिन्छ भन्नुभयो ।

नियात्राकार बजगाईंले आगामी दिनमा अरु नयाँ विषयमा यस्तै खोजमूलक नियात्रा लेख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan