Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सवारी दुर्घटनामा एकको मृत्यु, २३ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ११ मंगलबार |
newsabhiyan

प्रनिश थापा,  चितवन, ११ वैशाख । चितवनको इच्छाकामना गाउँपालिका–५, स्यालीबजारमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।

इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्वरको बस र काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रक एक आपसमा ठक्कर खादा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसका सहचालक मकवानपुर धियालका ४४ वर्षीय चन्द्रबहादुर धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बस र ट्रकका चालक दुवै घाइते छन् । घाइतेहरुको भरतपुर मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan