Wednesday 17th of October | २०७५ असोज ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एकता भड्काउन थाल्दा घेरिए ओली, एमालेका गुप्तचर अत्तालिए !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ बैशाख । नेकपा एमालेले एकता भड्काउँदैछ । भारत भ्रमणपछि प्रधानमन्त्री केपी ओली एकताबाट भड्किँदैछन् । एमालेमा रअ, सिआइए, आइएसआई, इयुका धेरै एजेन्ट छन् । तिनका संरक्षक हुन् प्रधानमन्त्री ओली । प्रधानमन्त्री आफैं भारतीय दास र महाकाली सुम्पने एजेन्ट हुन् ।

यिनको राष्ट्रवाद टपरीमा पस्केको भातमा मासुको रस खन्याएजस्तै हो । एमालेले धेरैलाई धोका दिन्छ । त्यो एमालेको जबज हो, कुरा जता लगे पनि एमालेका पहिलो श्रेणीका नेताको नक्कली एकता भड्काउने हुन् कि भन्ने शंका थियो ।

तर, पार्टी अध्यक्ष, कार्यकर्ताको दबाबमा परेपछि त्यो क्रम हटेको छ । २१ औं शताब्दीको कोही, कसैको हेपाईमा पर्न रुचाउँदैन । एमालेले हेप्दा माओवादीलाई घाटा छैन । किनकि संसद्को तेस्रो शक्ति एमालेकै कारण भएको भनिन्छ भने एमाले पहिलो शक्ति माओवादीकै कारण भएको हो ।

एमाले एक्लै चुनाव लड्दा कति सिट ल्यायो, सबैलाई थाहा छ । अध्यक्ष खड्ग ओलीको व्यवहार र भत्र्सना कम्युनिष्टहरुबीचको एकताभन्दा भड्काउनु हो । उनले संविधानसभाको चुनावमा प्राप्त परिणामलाई वामपन्थीसँग एकतामा परिणत गर्न जरुरी ठानेनन् ।

कांग्रेससँग मिलेकै हुन् तर उनीलाई प्रधानमन्त्री बन्न माओवादीले गुन लगायो । उनले त्यो गुन माओवादीलाई तिरेका थिएनन् । तर, पनि एकाएक माधव नेपाल, वामदेव गौतम, विष्णु पौडेल, भीम रावल एमालेका, माओवादीका नारायणकाजी श्रेष्ठ, टोपबहादुर रायमाझीलगायत नेताहरु पार्टी एकताका लागि जहाँ खटे त्यहीँ सफल पनि भए ।

उनीहरुको त्यो सफलतालाई एकता भाँड्ने बाटोमा लागिन्छ भने माओवादी ओलीको सती नगए हुन्छ । एकताको कुरा हरेक स्थानमा समानताको आधारमा हुन्छ । चुनावमा जितेको सिट संख्या र पार्टी केन्द्रीय सदस्यहरुको संख्यालाई आधार बनाइन्छ भने त्यहाँ एमालेले पेल्छ ।

जनवर्गीय संगठनहरुको पनि ताल त्यही हुने हो । पेसागत संस्थामा पनि एमालेकै कारण आफैंले कबोल गरेको नेपाल पत्रकार महासंघमा अध्यक्ष पद छाड्न प्रेस चौतारीले मानेन । नेपाली पत्रकारहरुले प्रेस चौतारीलाई लगातार पदमा पुर्याए । तर, महासंघको पछिल्लो नेतृत्वमा चौतारीको दादागिरी चलेन किन ?

अहिले पनि पत्रकार महासंघको नयाँ ढाँचाअनुसार वैशाख २२ गते प्रादेशिक निर्वाचन हुँदैछ । तर, प्रदेश ३ को चार प्रदेश प्रतिष्ठान, एसोसियट, उपत्यका, मोफसलका १० जिल्ला गरी बन्ने प्रदेश समितिको अध्यक्ष प्रेस चौतारीले प्रेस सेन्टरलाई सहज रुपमा दिने अवस्थामा छैन ।

किनकि चौतारीको दादागिरी नरुचाएर धेरैले सदस्यता नवीकरण गरेका छैनन् । आफू सधैं ठूलो सशक्त ठान्ने भीडको आधार लिने तर वैचारिक रुपमा कहीँ, कतै स्पष्ट नरहेको एमाले राष्ट्रिय तहका कैयौं मुद्दाहरुमा दृढ अठोट र स्पष्ट धारणा भएको देखिँदैन ।

मानव अधिकारको रक्षाको नाममा एमालेका एनजिओ र आइएनजिओहरुको कमाई गर्ने माध्यम माओवादी बन्दै आएको छ । उज्जन श्रेष्ठ हत्या प्रकरणमा माओवादीका ढुंगेललाई जेल हालेर इन्सेकले कति खायो ? दुई कम्युनिष्ट पार्टीबीचको एकता हुँदा देशले प्राप्त गर्ने शान्ति, स्थिरता र विकासको एजेन्डाले महत्व पाउँछ ।

त्यो बेला गरिबी, भोकमरी, आतंक, युद्ध, आन्दोलनका नाममा नेपालको तस्विर देखाएर पश्चिमाहरुसँग डलर खाने इन्सेक, एड्भोकेसी फोरमहरुको अवस्था के हुन्छ ? अध्यक्ष खड्ग ओलीको देवत्वकरणका लागि एमाले ओली गुटले चलाएको चरम गुटबन्दीको अन्त्य हुन्छ, हुँदैन थाहा छैन, दबाबमा उल्लेख छ ।

कम्युनिष्ट पार्टीमा देवत्वकरणको अर्थ हुन्न । राष्ट्र, राष्ट्रियता, सार्वभौम, अखण्डताभित्र शान्ति, सुशासन, रोजगारीजस्ता सर्वस्वीकार्य कार्यक्रमको व्यवस्थापन गर्नु हो । कम्युनिष्ट पार्टीको एकताको सार्थकता हो, मुर्खले मिठो कुरा गर्दैमा राष्ट्रवादी भइँदैन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan