Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वैशाख ९ मै एकता गर्न एमाले स्थायी कमिटीको जोड

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार | रासस
newsabhiyan

काठमाडौँ, ३ वैशाख  । नेकपा एमालेको आजको स्थायी कमिटीको बैठकले नेकपा ९माओवादी केन्द्र० सँगको एकतालाई सकेसम्म यही वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस ९वैशाख ९० मा एकता गर्न सुझाइएको सन्दर्भमा एमाले स्थायी कमिटी बैठक बसेको हो ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बताउनुभयो ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिनभर अन्य कार्यक्रम स्थगन गरी एकता प्रक्रियासम्बन्धी छलफलमा जुट्नुभएको थियो । उहाँले बिहान केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।

दुई दलबीचको एकता संयोजन समितिको बैठक मंगलबार बिहान राखिएको छ । संयोजन समितिले प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकताको मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारेमा निक्र्यौल गर्नुपर्नेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan