Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुर्घटनाबाट बच्यो समिट एयरको विमान

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

सोलुखुम्बु, ३ वैशाख । समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।

बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

पाइलटले अटो प्लाइलोट अन गर्न भुल्दा विमानको पछाडिको भागले जमीन छुँदा सामान्य कुच्चिए पनि कुनै मानवीय क्षति नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । विमानमा १८ विदेशी सवार थिए । विमानमा सामान्य क्षति पुगेपछि काठमाडौँबाट प्राविधिक टोली आई जाँच गरेपछि अपराह्न ३ः१० मा पुनः काठमाडौँ फर्किएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा रहेको उक्त विमानस्थल आन्तरिक उडान हुने अन्य विमानस्थलमध्ये व्यस्त छ । प्राविधिक दृष्टिकोणले विमानस्थल अति संवेदनशील मानिन्छ । धावनमार्ग अति छोटो भएकाले पनि उडान भर्दा समस्या आउने गरेको विमान चालकको भनाइ छ । –रासस


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan