Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

साउथ केरोलिनाको वन्दीगृहमा भडप हुँदा कारण सात कैदीको मृत्यु, १७ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ३ वैशाख (रासस÷एएफपी) ः संयुक्त राज्य अमेरिकाको साउथ केरोलिना राज्यस्थित एक कैदी गृहमा कैदीहरूबीच भएको झडपमा कम्तिमा सात जनाको मृत्यु भएको साउथ केरोलिनाको कैदी सुधार विभागले सोमबार जनाएको छ ।

उक्त झडपमा परी कम्तिमा १७ जना घाइते भएका बताइएको छ ।

मजबुत सुरक्षास्थिति रहेको मानिने विशपभिल ली करेक्सनल इन्स्टिच्युसनमा (लीसीआई) आइतबार राति २ बजेर ५५ मिनेटको समयमा झडप भएको विभागले पुष्टि गरेको छ । विभागले झगडा शान्त बनिसकेको पनि जनाएको छ ।

“लीसीआईमा भएको झडपमा सात जनाको मृत्यु भएको छ भने घाइते १७ जनालाई कारागार बाहिर लगी उपचार गरिराखिएको छ,” विभागले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ । विवाद के कारण भएको भन्ने विषयमा विस्तृत विवरण आइसकेको छैन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan