Monday 23rd of July | २०७५ श्रावण ७ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लगनको दिनपारेर गायिका रियाको पन्चेबाजा गीत सार्वजनिक ( भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत १ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । फागुन २८ को दिन जताततै जन्ती जाने, बेहुला बन्ने र बुहुली सजिने दिनमा चिनियो यो बर्ष ।  सोहि दिनमा रसुवा जन्मघरमा आफ्नो दिनचर्या बिताइरहेका बुवा आमालाई थाहा नै नदिई धादिङको गोकुल अधिकारीसङ्ग मोडल तथा गायिका रिया घले ले लगनगाठो कसेकी छिन त्यो पनि धुमघाम बाजागाजा सहित ।

जब छोरीको बिहे भएको खबर छिमेकीले सुनाउछन तब छोरीलाई फोन गर्न थाल्छन तर छोरी ले यो म्यूजिक भिडियो को बिहेहो भन्ने बिश्वस्त बनाएपछी ढुक्क हुन्छन ।

बिगत ५ बर्ष देखि गीत संगीतलाई आफ्नो भाग्यरेखा भनाएकी रिया ले यो बर्ष पनि "बाजैको तालैले" पन्चेबाजा बजारमा ल्याएकी छिन ।

मायाको जालैमा, दिलमाया, जिम्बल बाउको आगनीमा जस्ता गीतमा आफ्नो आवाज भरिसकेकी घलेले यो पटक भने बल बहादुर गुरुङको सहकार्यमा नौलो पन्चेबाजागीत ल्याएकी  छिन । यो एल्बममा रिया लाई साथ बल बहादुर गुरुङ ले दिएका छन भने लय तथा शब्द प्रसाद खप्तरी मगरले भरेका छन् ।

त्रिबेणि नेपाल फिल्मको ब्यानर मा बनेको यो म्यूजिक भिडियो को निर्देशन रबिन थापाले गरेका छन । सामुहिक रुपमा अभिनय गरेको यस म्यूजिक भिडियोमा गायिका स्वयं घले , दिपासा काशी गोकुल किस्मत र सुरेशले अभिनय गरेका छन् ।

म्यूजिक भिडियोमा बिबाहित देखिने अविवाहित सन्तानको कान्छी छोरी रिया ले अब को दिनलाई गीत संगीतमा समर्पण गर्ने बताउछिन । गत एल्बमहरुलाइ भन्दा यो बाजाको तालैले लाई अझ माया दिने मा गायिका घले बिश्वस्त छिन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan