Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले शिक्षामा परिवर्तन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १३ आइतबार | रासस
newsabhiyan

पोखरा, १३ फागुन, अमेरिकी सहयोग नियोग(युएसएड)को सहयोग र शिक्षा मन्त्रालयद्वारा सञ्चालित प्रारम्भिक कक्षा पढाइ सीप प्रवद्र्धन कार्यक्रम (इजिआरपी) प्रभावकारी बन्दै गएको छ ।

कार्यक्रमको प्रभावकारिता सम्बन्धमा कास्कीका तीन विद्यालयमा छुट्टाछुट्टै गरिएको कार्यक्रमका क्रममा सरोकार भएकाले कार्यक्रम प्रभावकारी भएको भन्दै यस किसिमका कार्यक्रमको निरन्तरतामा जोड दिए ।

कक्षा १, २ र ३ का बालबालिकाको पठन सीप विकासमा युएसएडअन्तर्गत इजिआरपी कार्यक्रमले कास्कीलगायत छ । जिल्लाका बालबालिकाका लागि समुदायमा आधारित कार्यक्रमको प्रभावकारिताले पठनपाठनमा परिवर्तन ल्याउन सफल भएको सरोकार भएकाले बताए ।

कार्यक्रम सञ्चालनसँगै यसले गाउँपालिका मात्र नभई पोखरा लेखनाथ महानगरका सामुदायिक विद्यालयमा राम्रो प्रभाव पारेको कास्कीका उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले बताउनुभयो ।

कार्यक्रमले बालबालिकाको पठन सीपको विकासमा सहयोगी भएको बताउँदै उहाँले भन्नुभयो, “यो कार्यक्रम अब स्थानीय तहको काँधमा आएको छ, विद्यालय र अभिभावकबीच तादत्म्यताका साथ गम्भीर एवं संवेदनशील बनी निरन्तरता दिन आवश्यक देखिएको छ ।”

इजिआरपी कार्यक्रम निरन्तर चलाउनुपर्ने कुरामा जोड दिँदै पोखरा लेखनाथ महानगरपालिका–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले दाताको सहयोग नभए पनि यस किसिमका कार्यक्रमले निरन्तरता कार्यक्रमले निरन्तरता पाउनु जरुरी भएको उल्लेख गर्नुभयो ।

गोगन माविका प्रधानाध्यापक डम्मरप्रसाद पौडेलले कार्यक्रमले घरघरमा बालबालिकाको पढ्ने बानीको विकास, हुँदै पढाइ सीपमा सुधार र अभिभावकले आफ्ना बालबालिकालाई पढाउने समय दिनुपर्नेतर्फ सचेत गराएको बताउनुभयो ।

शिक्षामा विभिन्न कार्यक्रम आउने गरेको भए पनि यस कार्यक्रमले पारेको प्रभाव र परिवर्तन महत्वपूर्ण रहेको भगवती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले बताउनुभयो ।

कार्यक्रमसँगै विद्यार्थीको घरघर गएर बालबालिका पढे÷नपढेको अनुगमन गरी अभिभावकलाई सचेत बनाउने गरिएको उहाँले बताउनुभयो ।

तीनवर्षे कार्यक्रमअन्तर्गत जिल्लाका २२ स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा लागू गरी टोलटोलमा पढाइ समूह गठन गरिएको इजिआरपी कार्यक्रम क्षेत्रीय संयोजक दीपक शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रारम्भिक शिक्षा पढाइ कार्यक्रमले जिल्लाका ३८७ विद्यालयका १ देखि ३ कक्षासम्म अध्ययनरत करिब १४ हजार विद्यार्थी लाभान्वित भएका छन् ।

कार्यक्रमअन्तर्गत विद्यालयका प्रअ, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकसमेतलाई अभिमुखीकरणका माध्यमबाट बालबालिकाको पठन सीपलाई अझै उत्तरदायी बनाउँदै लगिएको समुदायस्तरको कार्यक्रम सञ्चालन गर्न जिम्मेवारी पाएको बाल हितकारी परियोजनाका कार्यकारी अधिकृत माधव आचार्यले बताउनुभयो ।

समुदाय परिचालनका सम्बन्धमा अभिभावक दौँतरी शिक्षा, शिक्षक अभिभावक सम्मेलनलगायत टोल पढाइ समूहलाई स्थानीयस्तरमा पठन सामग्री निर्माणलगायतका क्रियाकलाप गर्दै घर तथा समुदायमा पढाइ वातावरण तयार गर्न सहयोगी बनेको उहाँले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan