Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश ४ लाई सुशासनको नमूना बनाउछौँ : मुख्यमन्त्री गुरुङ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १३ आइतबार | रासस
newsabhiyan

सुन्दरबजार, लमजुङ, १३ फागुन, प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई सुशासनको नमूना बनाउने दाबी गर्नुभएको छ ।

लमजुङमा आयोजित आठाँै सुन्दरबजार महोत्सवको उद्घाटन गर्दै उहाँले भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने बताउनुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि कार्यदल बनाई अनुगमन गर्ने र गल्ती भेटिएमा तत्काल कारबाही गर्ने बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश नम्वर ४ जलविद्युत, पर्यटन र कृषिका लागि उत्कृष्ट प्रदेश भएको दाबी गर्नुभयो । उहाँले १० वर्ष भित्र ५ हजार मेगावाट विद्युत उत्पादन गरी घरघरमा विजुली, जनजनमा शेयर अभियानलाई सार्थकता दिने बताउनुभयो ।

लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार इकाइको आयोजनामा भएको महोत्सव आठ दिन सञ्चालन हुनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan