Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बर्दियाको मधुवन नगरपालिकामा बम विस्फोट

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १३ आइतबार |
newsabhiyan

दीपक शर्मा, फागुन १३ फागुन । बर्दियाको मधुवन नगरपालिकाको कार्यालयमा केहि वेर अघि बम  विस्फोट भएको छ ।

आइतवार  बेलुकी पौने ६ वजेतिर मधुवन नगरपालिकाको उपमेयर वस्ने कोठाको बाहिर पटटि बम विस्फोट भएको बर्दिया प्रहरीले जनाएको छ । विस्फोट बाट मधुवन नगरपालिकाका उपमेयर वस्ने कोठाको बाहिर पटटिको सीसा पुर्ण रुपमा फुटेको छ ।

कार्यालय बन्द रहेको अवस्थामा  एउटा मोटरसाइकिलमा आएका दुइ जना सुमह मध्ये एक जनाले विस्फोटक पदार्थ राखे लगत्तै सो बम विस्फोट भएको स्थानिय वासीले बताएका छन ।

सो बम प्रेसरकुकर बम हो वा टाइम बम हो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बम कस्ले विस्फोट गराएको हो भन्ने वारे खुलेको छैन । 
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan