Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई कारबाही : वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १३ आइतबार | रा स स
newsabhiyan
newsabhiyan

काठमाडौँ, १३ फागुन ।  महानगरीय प्रहरी परिसर, काठमाडौँले फागु पर्व(होली)मा अरुको इच्छाविपरीत रङ खेल्ने र लोला हान्नेलाई तत्काल कारबाही हुने जनाएको छ ।

परिसरले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले यही फागुन १७ गतेको फागुलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार गरिएको बताउनुभयो ।

कोही कसैले बलजफ्ती गरे तत्काल प्रहरीलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो । त्यस्ता व्यक्तिलाई मुद्दा चलाइने उहाँको भनाइ थियो । होलीमा ट्राफिक नियम उल्लंघन गर्ने तथा सामाजिक आचरणविपरीतका क्रियाकलाप तथा झै–झगडा रोक्न प्रहरीको विभिन्न स्थानमा टोली परिचालन गरिने उहाँले बताउनुभयो ।

दुई सय जनाको सूचना दाता समूह

परिसरले राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न सर्वसाधारणको सहभागितामा २०० जनाको सूचनादाता समूह गठन गरेको छ ।

परिसरको प्रमुख भएपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपरीक्षक पोखरेलले अपराधमुक्त राजधानी बनाउने उद्देश्यले गठन गरिएको सो समूहले प्रहरीको गतिविधिदेखि स्थानीय तहमा हुने आपराधिक गतिविधिबारे गोप्यरुपमा प्रहरीलाई सूचना दिने बताउनुभयो । ती युवाको परिचय गोप्य राखिने र उनीहरुले दिएको सूचनाका आधारमा काम कारबाही अघि बढाइने उहाँको भनाइ छ ।

परिसरका प्रमुख पोखरेलले भन्नुभयो, “राजधानीको विभिन्न स्थानमा बसोबास गर्ने विभिन्न क्षेत्रमा कार्यरत करिब २०० युवाको समूहले स्वयंसेवकका रुपमा अपराध नियन्त्रका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्, उनीहरुसँग सम्झौता प्रक्रिया अगाडि बढेको छ ।” उक्त समूहमा चिकित्सक, इञ्जिनियर र विद्यार्थीदेखि सर्वसाधारणसम्म रहेका छन् ।

आफूले विभिन्न स्थानमा स्थानीयवासीसँग अन्तक्र्रिया कार्यक्रम गर्ने तथा फरार अपराधीको खोजी तीव्र पार्ने कार्य प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

अहिलेसम्म राजधानीमा ३७२ जना अभियुक्त फरार सूचीमा रहेको जानकारी दिँदै उनीहरुको खोजी तीव्र पारिने वरिष्ठ उपरीक्षक पोखरेलले बताउनुभयो । आव २०७१÷७२ मा चार हजार ७७३, आव २०७२÷७३ मा चार हजार ९०२, आव २०७३÷७४ चार हजार ५८२ र चालु आव २०७४÷७५ को हालसम्म तीन हजार ३४२ मुद्दा परिसरमा दर्ता भएको छ । rss

यो पनि पढ्नुहोस् ।  काठमाडौंका प्रहरी प्रमुख पोखरेल कुर्लिए! 'म अपराधीका लागि निर्दयी छु' 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan