Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दाउरा प्रहार गरेर सम्धीको हत्या

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १३ आइतबार |
newsabhiyan

रुकुम, १३ फागुन।रुकुम पश्चिममा एकजनाले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन् ।

त्रिवेणी गाउँपालिका–५ झुल्काडाँगीका ४३ वर्षका खलवीर डाँगीले आफ्नै सम्धी सोही ठाउँका ५५ वर्षका टीकाराम ओलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यही फागुन ९ गते साँझ दुई जनाबीच सामान्य विवाद हुँदा डाँगीले ओलीको टाउकामा दाउरा प्रहार गरेको प्रहरीको भनाइ छ । दाउरा प्रहारबाट गम्भीर घाइते भएका ओलीको उपचारका लागि मेडिकल कलेज, कोहलपुर लगिएको थियो ।

उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरेन्द्रकुमार स्वाँरले जानकारी दिनुभयो । दाउरा प्रहार गर्ने डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  (रासस)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan