Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नर्भिक अस्पताल ज्यानमारा बन्दैछ !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १३ आइतबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १३ फागुन । नर्भिक अस्पताल ज्यानमारा बन्दैछ भन्ने अर्को घटना घटेको छ । चितवनकी ३८ वर्षकी विन्दु पौडेल देब्रे घुँडाको लिगामेन्ट च्यातिएको समस्या लिएर नर्भिक आइन ।

यो पनि पढ्नुहोस् । भुलबस भन्दै नर्भिकका डाक्टरले देब्रे घुँडा पन्छाएर दाहिने चिरे पछि...

उनको अपरेसन गर्ने भए डा प्रवीण नेपाल र शैलेश रंजितकारले । तैयारी भयो, अपरेशन पनि भयो तर बायाँ घुँडाको अपरेशन गर्नुपर्नेमा दायाँको भएछ ।

यसपछि यो काण्डलाई कार्यकारी रहेका पुराना प्रहरी अधिकारी राजेन्द्र बहादुर सि.हले लुकाउन अनेक प्रयत्न गरे, धम्क्याए पनि सकेनन् र पछि विन्दु पौडेलका श्रीमान किशोर पौडेललाई लोभ, लालच, धम्की सबै उपायद्वारा मनाइयो र यस्तो सम्झौता गरियो ।

नेपालमा निःशुल्क उपचार गरिदिने र विदेश लानुपर्ने भए नर्भिकले खर्च बेहोर्नेसम्मको सम्झौता गर्न नर्भिक बाध्य भएको छ ।

कुनै इमरजेन्सी केस थिएन, राम्ररी अध्ययन गरेर गर्न सकिने अपरेशनलाई किन हतार हतार गरियो, नर्भिक कतिसम्म  व्यापारिक भइसकेछ, बिरामीको जीवनसँग खेलबाड गर्नेरहेछ भन्ने यो पछिल्लो घटना हो ।

यसअघि पनि दाङ की एक बालिका मार्नेसम्मको उद्दम यही अस्पतालले गरेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan