Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देउवाको फोनपछि गभर्नर फतक्क !, नेपाल स्टक एक्सचेञ्जका हाकिम असुली दाउमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ११ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ११ फागुन । नेपाल राष्ट्र बैंकको ६ महिने कुलिङ पिरियडलाई धोती लगाउँदै अनिल केशरी शाह नबिल बैंकको डेपुटी सिईओ बनेका छन् ।

पाँच वर्षअघि आफैले छाडेको सिईओ पदभन्दा तल्लो पदमा जाँदा शाह त नाङ्गिएका छन् नै त्यसमाथि नेपाल राष्ट्र बैंकको हैसियत पनि उदाङ्गो बनेको छ ।

मेगा बैंकबाट कार्यकाल सकिएपछि लगत्तै शाह नबिल जान लागेपछि राष्ट्र बैंकले कुलिङ पिरियडको नीति ल्यायो । तर शाहले सोर्सको दुरुपयोग गर्दै डुपुटीमा गए ।

अनिल शाहलाई ल्याउन चाहेका नबिलका प्रमोटर विनाद चौधरीले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई गुनासो गरे ।

देउवाले तत्कालै राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपाललाई फोन गरेर जागिर खान पनि नदिने ? चुप लागे बस भनेपछि गभर्नर नेपाल फतक्क गलेको बुझिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका हाकिम असुली दाउमा
नेपाल स्टक एक्सचेञ्जका हाकिम चन्द्र साउद नियुक्ति हुँदाको रकम असुल्ने धन्दामा लागेका छन् । सुदूर पश्चिमको नाता हुँदाको रकम असुल्ने धन्दामा लागेका छन् ।

सुदूर पश्चिमको नाता लगाउँदै आरजु देउवाको सारीको फेर समातेर नेप्सेको महाप्रबन्धक भएका साउद तिनै म्याडमलाई बुझाएको रकम असुल्ने धन्दामा लागेको नेप्से सम्बद्ध स्रोतले जनाएको छ ।

नियुक्ति हुँदा मोटो रकम बुझाएको भनिएका साउदले उक्त रकम उठानका लागि अटोमेटिक अनलाईन ट्रेडिङ प्रक्रियालाई पर धकेल्ने षडयन्त्र गरिरहेको स्रोतले जनाएको छ ।

उनले अनलाइन ट्रेडिङको ठेक्का लिएको वाइको कम्पनीसँग मिलेर धन्दा फत्ते गर्न लागेको बताइन्छ । सफ्टवेयर समेत गरी १८ करोडमा अनलाइन ट्रेडिङ दिनेगरी गत बैशाखमा वाइको कम्पनीले ठेक्का लिएको थियो ।

१४ महिना अर्थात आगामी असारको शुरुदेखि उक्त ट्रेडिङ शुरु हुन पर्दछ ।  तर साउद चाहीँ उक्त काम फत्ते गर्नका लागि समय अभाव भएको देखाउँदै त्यसलाई पर धकेल्ने खेलमा लागेका हुन् ।

समय पर सार्ने मात्र होइन, रकम पनि नपुग्ने भन्दै भेरियसन गएर १० करोड बढी रकम थप्ने खेलमा पनि लागेको बताइन्छ,  नेपालीपत्रमा उल्लेख छ ।

दस करोड थप्दा आफूलाई पनि हुने र वाइकोले ठेक्का लिनका लागि चढाएको रकम पनि उठ्ने भन्दै साउदले वाइकोलाई पनि उचालेका छन् । त्यसो हुन नदिनका लागि अब आउने अर्थ मन्त्रालयको नेतृत्वले कसरी कदम चल्छ त्यसमै निर्भर रहनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan