Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल पर्यटन बोर्डका सिइओ निरौलालाई ७ वर्ष कैद

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार | Sagar Shrestha
newsabhiyan

न्यूज अभियान, काठमाडौं । नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले फैसला सुनाउँदै बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वर्ल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई दोषी ठहर गरेको छ।

२३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा २० जनालाई भने विशेषले सफाइ दिएको छ। दोषी ठहर गर्दै विशेष अदालतले निरौलालाई ७ वर्ष कैदसँगै ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना, दासलाई ६ वर्ष कैदसँगै ५० लाख २९ हजार ५४ हजार बिगो तथा २४ लाख ३७ हजार ४ सय जरिवार र खनाललाई एक लाख ५४ हजार बिगो तिराउने फैसला गरेको हो। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले यस्तो फैसला सुनाएको हो।

पर्यटन बोर्डमा करिब एक अर्ब भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ चैत २० गते मुद्दा दायर गरेको थियो। नेपाल पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीहरुले एक अर्ब ३९ करोड ५० लाख ५३ हजार ७ सय ५० रुपैँयाँ  नोक्सान पुर्याएको अख्तियारको आरोप थियो। 

अख्तियारले प्रमुख कार्यकारी निर्देशक सुवास निरौलासहित बोर्डमा भएको भ्रष्टाचारमा संलग्न २३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो। 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan