Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पद पाए जे पनि खाने ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १० फागुन । मन्त्री भइसकेको मान्छेले महान्यायाधिवक्तको जागीर खान हुन्छ कि हुन्न ? एमालेमा यो निष्ठा र नैतिकता बाँकी रहेन, मन्त्री भइकसको अग्नि खरेल महान्यायाधिवक्ताको पदमा नियुक्त भएका छन् ।

८ फागुन गते, राष्ट्रपति विद्यादेवी भण्डारीले झापा गौरादह–३ का वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नेपालको महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्रीको सिफारिसशमा नेपालको संविधानको धारा, १५७ को उपधारा, २ बमोजिम  खरेललाई उक्त पदमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यिनले पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले सुरु गरेको काम गर्नुपर्नेछ । त्यो काम भनेको जनयुद्धकालीन सम्पूर्ण मुद्दालाई राज्यकोषको क्षतिपूर्ति दिलाएर मेलमिलापका माध्यमबाट छिनोफानो गराइदिनु ।

ओलीको यही चाहना, प्रचण्डको यही बाध्यता । यी दुबै चाहना बाध्यताको परिपूर्तिको ग्यारेण्डी लिएका छन् यी खरेलले ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan