Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुम्भकर्णे तरण दल ब्यूँझेछ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, १० फागुन । कांग्रेसको भातृ संगठन तरुण दलले राष्ट्रपतिको कदम असंवैधानिक भनेर संविधानको पुस्तक र विरोधपत्र राष्ट्रपतिलाई दिएको छ ।

तत्कालीन सरकारले गरेको सिफारिस आलटाल गरेर नयाँ सरकार बन्नासाथ गरिएको सिफारिसलाई उनले सदर गरेपछि तरुण दल ब्यूँझिएको हो ।

तरुण दल कस्तो दल हो, जुन सुतेपछि उठ्दै उठ्दैन । जब पार्टी सभापतिले चिमोट्छन् अनिमात्र उठ्छ र आफ्नो कर्तव देखाउन थाल्छ । ९ गतेको तरुण दलको राष्ट्रपतिलाई दिएको ज्ञापनपत्रको कथा पनि यस्तै छ ।

तरुण दल भनेपछि युवा जमातको प्रतिनिधित्व हुनुपर्ने र युवालाई जागरुक बनाउन दिन, हप्ता, महिना, वर्षैभरि जिवन्त हुनुपर्ने हो ।

जब कांग्रेसलाई अप्ठेरो पर्दैन, तवसम्म सुतिरहने तरुण दल केको तरुण दल ? यस्तो प्रतिक्रिया पनि दिइरहेका छन्, कांग्रेसकै युवाहरु ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan