Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रहरीको इन्काउन्टरमा पर्ने डनहरु यी हुन् !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १० फागुन । पछिल्ला दिनमा कुख्यात गुण्डागर्दी गर्नेका रुपमा चिनिएर भारतीय अन्डरवल्र्डसम्म पुहँच बनाएका डनहरु प्रहरी इन्काउन्टरमा पर्ने क्रम बढ्दो छ । पछिल्लो ४ बर्षमा ६ डनहरु प्रहरीको इन्काउन्टरमा परेका छन् ।

 मनोजको अगाडी छात्तिमा प्वाल नै प्वाल, भाग्दै गरेको मान्छेलाई कसरी लाग्यो अगाडी गोली ? (भिडियो सहित)

इन्काउन्टरमा परेका मध्ये केहि घाइते भए भने केहिले ज्यान गुमाएका छन् । दिनेश अधिकारी चरीबाट सुरु भएको प्रहरी डन इन्काउन्टर बुधबार विहान मनोज पुन मगरसम्म आइपुगेको छ । २१ साउन ०७१ मा महानगरीय प्रहरीको अपराध महाशाखाको प्रहरीको टोलीलाई काठमाडौं र धादिङको सीमामा पर्ने भीमढुंगामा चरी समूहले फायरिङ गरेपछि दोहोरो भिडन्त भएको थियो ।

भिडन्तमा प्रहरी इन्काउन्टरमा चरी मारिए । धादिङमा ठेक्कापट्टाबाट आपराधिक यात्रा सुरु गरेका गरेका चरी धादिङ क्षेत्र नं. १ एमाले उपाध्यक्ष थिए । प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका चरी प्रधानमन्त्री केपी ओलीको संरक्षण रहेको चर्चा गरिन्थ्यो ।

प्रहरीले चरीलाई इन्काउन्टरमा मारेपछि केहि समय राजधानीमा गुण्डागर्दी सेलायो । त्यसपछि विस्तारै फेरी सुरु हुन लाग्यो । सुरु हुन लाग्दै गर्दा चरी मारिएको एक वर्षपछि ३ भदौ ०७३ मा अर्का गुन्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटेसंग प्रहरीको इन्काउन्टर भयो ।

काठमाडौंको सामाखुसीमा आफ्नै घर नजिकै प्रहरीसँगको मुठभेडमा घैटे मारिए । पोशाकमा रहेका प्रहरी र उनको समूहबीच भिडन्तमा गम्भीर घाइते भएका घैटेको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा निधन भयो ।

त्यसको लगभग एक बर्षपछि लागुऔषध कारोवारीको आरोप खेपिरहेका प्रविण खत्रीसंग प्रहरीको इन्काउन्टर भयो । ललिपुरको कुसुन्तीमा २३ साउन ०७४ मा खत्री प्रहरी इन्काउन्टरमा मारिए ।

प्रहरी टोली घरमा आएको चाल पाउनासाथ छतबाट हाम फालेर भाग्न खोजेका खत्रीलाई प्रहरीले गोली प्रहार गरि भाग्दाभाग्दै ढलाएको थियो । लगत्तै, उनलाई अस्पताल र्पुयाइए पनि चिकित्सकहरुले मृत घोषणा गरे । उनको साथबाट दुई वटा अटोमेटिक पेस्तोल समेत बरामद भएको प्रहरीले बतायो ।

त्यसपछि बुधबार भएको भिडन्तमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई ४ पुस ०७३ मा गोली प्रहार गरेर हत्या गरेपछि चर्चामा आएका अपराधी मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए । पुनले तिवारीलाई मात्र होइन  २१ पुस ०७४ मा उनले तिवारीको साथी बलु पौडेलको हत्या गरे ।

त्यतिमात्र होइन उनले २३ असोज ०७४ मा भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गरेको स्वीकारेको बताइन्छ ।

पुन र उनका साथी सोम आलेको बुधबार रुपन्देहीको देवहमा प्रहरीको इन्काउन्टरमा मृत्यु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल प्रहरीको संयुक्त अप्रेशनका क्रममा दोहोरो फायरिङमा गोली लागेका पुनलाई घटनालगत्तै लुम्बिनी अञ्चल अस्पताल, बुटवल लगिएको थियो । अस्पताल पु¥याए लगत्रै चिकित्सकहरुले दुबै जनालाई मृत घोषणा गरे ।

४ जना डन प्रहरी इन्काउन्टरमा मारिए भने दुई डन प्रहरी इनकाउन्टरमा घाइते भएका छन् । काठमाडौंको कलंकीलाई आधार क्षेत्र बनाएर अवैध असुली, डकैती तथा गुण्डागर्दीमा संलग्न जसवन्त राईलाई  महानगरीय अपराध महाशाखाको टोलीले ९ असार ०७३ मा प्रहरीले उनलाई भेट्टायो ।

बबरमहलमा उनलाई पछ्याउने क्रममा राईले प्रहरीलाई फलामको रडले हाने । जवाफमा प्रहरीले फायरिङ गर्दा राईको घुँडा र तीघ्रामा गोली लागेपछि प्रहरीले नियन्त्रणमा लिन सफल भयो ।

त्यस्तै काठमाडौंको डिल्लीबजार कारागारबाट ५ माघ ०७४ मा कुख्यात डाँका टिकाबहादुर थापा मगर उर्फ टिके भागे । चोरी मुद्दामा सजाय भोगिरहेका उनी कारागारको काँडेतार काटेर भागे ।

भागेलगत्तै प्रहरीले खोजीलाई व्यापक बनाएपछि ९ दिनपछि १३ माघमा टिके मुग्लिनतर्फ जाँदै गरेको महानगरीय प्रहरी अपराध महाशाखाले सुराकी पायो ।

लगत्तै महाशाखा र जिल्ला प्रहरी चितवनको टोली उनको खोजीमा परिचालित हुँदा साँझ ५ बजे भरतपुर९१ रामनगरको ओमसाई पेट्रोलपम्प नजिक ना ४७ प ५०५२ नम्बरको पल्सर मोटरसाइकलमा आउँदै गरेका टिके र प्रहरीबीच जम्काभेट भयो ।

एक थान कटुवा पेस्तोल र खुकुरीसहित भाग्दै गरेका टीके र उनका साथीले प्रहरी देख्नेबित्तिकै गोली चलाए । प्रहरीले जवाफी फायरिङ गर्दा गम्भीर घाइते भए । ६ राउन्ड गोली लागेका उनी वीर अस्पतालमा उपचाररत छन् भने उनीसँगै रहेका एक जना साथी अझै फरार छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan