Saturday 15th of December | २०७५ मङ्सिर २९ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैंकद्धारा लक्ष्मी बैंकलाई कारवाही, पाँच लाख ४० हजार दुुई सय २४ रुपैयाँ जरिवाना तिराईयो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १० फागुुन । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बाँणिज्य बैंकहरुले कुल निक्षेपको छ प्रतिसत रकम अनिवार्य नगद मौज्जातकोरुपमा राष्ट्र बैंकमा जम्मा गर्नुुपर्ने हुन्छ ।

तर लक्ष्मी बैंकले चालुु आर्थिक बर्षको पछिल्लो छ महिना अर्थात पुुस मसान्तसम्म छ प्रतिसतको अनिवार्य नगद मौज्दात कायम नगरेपछि कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार लक्ष्मी बैंकलाई कारवाही स्वरुप पाँच लाख ४० हजार दुुई सय २४ रुपैयाँ ७७ पैसा जरिवाना तिराईएको हो ।

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ५१ करोड ९२ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४५ करोड ६१ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुंजी आठ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ६० अर्ब २७ करोड ९३ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार उक्त निक्षेपको छ प्रतिसतले हुुन आउने रकम अनिवार्य नगद मौज्दात (सिआरआर) को रुपमा राष्ट्र बैकमा राख्नुु पर्छ, तर उक्त रकम नराखेपछि लक्ष्मी बैंकलाई कारवाहीस्वरुप जरिवाना तिराईएको हो, राष्ट्र बैंकले भनेको छ ।

लक्ष्मी बैंकले चालुु आर्थिक बर्षको पुुस मसान्तसम्म ५५ अर्ब दुुई करोड २७ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोही आधारमा घरजग्गा क्षेत्रमा एक अर्ब ८४ करोड ४३ लाख १७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले ९९ करोड ९८ लाख ७१ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

राईट व्याक रकम चार करोड ३८ लाख सात हजार रुपैैयाँ रहेको बैंकको प्रोभिजन रकम १९ करोड छ लाख ८९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव २९ प्रतिसत रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले ५५ अर्ब ६१ करोड ९१ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ४७ करोड ८२ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

घरजग्गा क्षेत्रमा एक अर्ब ६४ करोड ५९ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकको प्रोभिजन रकम १९ करोड ६७ लाख ८७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दसमलव २७ प्रतिसत रहेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan