Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘बल्ल ज्यूँदो प्रहरी देखियो’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ८ मंगलबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ८ फागुन । राजधानीको सुरक्षा प्रवन्ध मिलाउन भनेर भर्खर खटिएका विश्वराज पोखरेलले सिधै राजधानीवासीलाई आह्वान गरेका छन्– प्रहरीलाई गाली गर्ने होइन, सिधै उजुरी गर्नोेस्, कारवाही हुन्छ, ढुक्क हुनोस् ।

यो पनि पढ्नुहोस् ।  प्रहरीका हाकिमले आफ्नै कर्मचारीलाई दिए थ्रेट ! 'आर्थिक प्रलोभनमा फसे बढुवा नहुने गरी कारबाही'

कुन नाकाबाट के छिर्छ, भाडामा को–को बस्छ, अपराधिक काममा लागेको छ, गुण्डागर्दी, अपहरण, ठगी, मानव बेचबिखन के–के छन् गुनासो, कुन प्रहरीले जनतालाई दुःख दिए भन्नोस्, म ठिक पार्छु, यसै भनेका छन् यी एसएसपीले ।

म सत्य सेवा सुरक्षम् प्रति प्रतिवद्ध छु,, प्रहरीप्रति गुनासो गर्ने होइन, सिधा आउनोस्, उजुरी गर्नोस्, प्रहरी तपाईको सेवामा आएन, सेवाग्राहीलाई दुःख दियो भने अनि गुनासो गर्नोस् । यसरी सिधा जनताको कुरा बोल्ने प्रहरी देख्दा धेरैले भनेका छन्– बल्ल जिउँदो प्रहरी निस्किए ।

यिनले भनेका छन्– टोले गुण्डा, डन, अपाराधिक गुटहरु निगरानीमा छन्, घुस्याह प्रहरीको समेत अनुगमन भइरहेको छ । यिनले राजधानीका वडा प्रहरी बृत्तहरुलाई सचेत बनाएर सुरक्षा घेरा मजबुत पार्ने कार्यको थालनी गरेको अनुभव धेरैले गरेका छन् ।

अपराधमा शून्य सहनशीलता अपनाउ, यिनको कडा निर्देशन छ । प्रहरी इमान्दार र भ्रष्टाचार मुक्त नभए समाज र जनताले परिर्वतनको अनुभूति गर्न सक्दैनन्, प्रहरीको साख गिर्दैजान्छ भन्छन् यिनी

। यिनले सिधै सकल दर्जाले सुन्ने गरी भनेका छन्– जुन प्रहरी मिलोमतो, सेटिङ, लोभमा फस्छ र जनतलाई दुःख दिन्छ, उसको वर्दी सुरक्षित छैन भन्ठाने हुन्छ ।

यी हरफन मौलाह प्रहरीजस्ता देखिन्छन्, यिनलाई राजनीतिक अधर्मीहरुले प्रभावमा पारे भने राष्ट्रलाई नोक्सानै हुनेछ । सच्चा प्रहरी जो आजको खाँचो छ । न्यूज अभियानका लागि गोरखा एक्सप्रेसका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan