Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कानून विपरित वित्तिय कारोबार गर्ने ईन्भेष्टमेन्ट कम्पनीका सञ्चालकहरु पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ७ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ फागुुन । कानून विपरित वित्तिय कारोबार गर्ने ईन्भेष्टमेन्ट कम्पनीका सञ्चालकहरु पक्राउ परेका छन् ।

केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तिय कारोबार गर्ने अनुमति नलिई जिल्ला सुनसरी र मोरङ्ममा सञ्चालित आपन ईन्भेष्टमेन्ट कम्पनी, हलेसी ईन्भेष्टमेन्ट प्रा.लि. धरान, सुनसरी, चौतारी ईन्भेष्टमेन्ट प्रा.लि. विराटनगर, मोरङ, मन्सुन ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेड, ईटहरी, सुनसरी र छिन्ताङ् ईन्भेष्टमेन्ट प्रा.लि. ईटहरी, सुनसरीका सञ्चालकहरुलाई पक्राउ गरिएको हो ।

सिआईबीका अनुसार आपन ईन्भेष्टमेन्ट कम्पनीबाट पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका वडा नम्वर आठ बस्ने ४० बर्षिय भिम प्रसाद चौधरी  र वडा नम्वर छ बस्ने ५० बर्षिय श्याम पेशकार थारु रहेका छन् ।

व्युरोका अनुसार ति व्यक्तिहरुले गैरकानूनी तवरले आफूलाई प्राप्त कानूनी दायरा विपरित स्थानीय जनताहरुसंग बचत संकलन तथा ऋण प्रवाह गर्ने लगायतको वित्तिय कारोवार गरिरहेको भन्ने सूचनाका आधारमा फागुुन छ गते आईतबार केन्द्रीय अनुसन्धान ब्यूरो र १ नं. प्रदेश क्षेत्रिय अनुसन्धान टोलीको संयुक्त कार्वाहीमा ति कम्पनीका सञ्चालकहरुलाई पक्राउ गरी कारोवारमा प्रयोग भएका उपकरणहरु बरामद गरिएको हो ।

प्रारम्भिक अनुसन्धान अनुसार ति ईन्भेष्टमेन्ट कम्पनीहरुले कम्पनी रजिष्ट्ररको कार्यालयमा दर्ता गरेको उदेश्य विपरित कार्य गरेको, वित्तिय कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंक तथा सहकारी बिभगको स्वीकृत नलिई अवैधानिक रुपमा वचत संकल्न तथा ऋण प्रवाह गर्ने कार्य गरेको, बैक तथा सहकारीको ब्याज भन्दा बढी ब्याज दिने प्रलोभन देखाई बचत संकल्न गरेको र उक्त बचतलाई  २४ प्रतिसत भन्दा बढी ब्याज असुल गरी ऋण प्रवाह गरेको, उक्त ईन्भेष्टमेन्ट कम्पनीले स्थायी रुपमा कार्यालय एक ठाउँमा नराखी आफनो सुविधाको लागि  झोलाबाट नै कार्यालय संचालन  गरेको र हाल सम्म अवैधानिक रुपमा संकलन गरेको रकम नौ करोड ९७ लाख ८९ हजार रुपैयाँ देखिएपनि बिगो रकम अझै बढ्न सक्ने देखिएको सिआईवीले जनाएको छ ।

पक्राउ परेका सबैलाई बैंक तथा वित्तिय संस्था सम्बन्धी  ऐन, २०७३  को बर्खिलाप गरेको कसुर अपराधमा अनुसन्धान भैरहेको सिआईबीले जनाएको छ ।

सिआईबीका अनुसार पक्राउ परेको आपन ईन्भेष्टमेन्ट कम्पनीबाट नगद भर्पाई रसिद प्याड, खाली रसिद प्याड, भरेको बचत पासबुक एक थान, खाली बचत पासबुुक १२ सय ६८ थान, भरेको ऋण माग फारम सात थान, व्यावसायिक ऋण लगानी फाईलहरु एक सय सात थान, कम्पनीको प्रस्तावना र नियमावली, बैंक भौचर र बिलहरुको फाईल आठ थान, आम्दानी र खर्चको अभिलेख किताब एक थान , नगदी रसिद प्याड ११ थान, , भर्पाई रसिद प्याड ११ थान, दैनिक नगद संकलन चार्ट भएको फाईल नौ थान र खाली प्याड एक थान, संचालक समितिको माईन्युट रजिष्टर एक थान, कर्मचारी नियुक्तिको करारनामा फाईल चार थान, सवारी साधनमा लगानी गरेको अभिलेख सम्बन्धी फाईल एक थान, सांग्रिला डेभलपमेन्ट बैंकको प्रयोग भईसकेको चेकबुक चार थान, सांग्रिला डेभलपमेन्ट बैंकको प्रयोग हुँदै गरेको चेकबुक एक थान, सांग्रिला डेभलपमेन्ट बैंकको बैंक स्टेटमेन्ट फाईल एक थान बरामद भएको छ ।

यसैगरी स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम दुुई करोड ३९ लाख ४७ हजार छ सय ६० रुपैयाँ बरामद भएको छ । यसैगरी हलेसी ईन्भेष्टमेन्ट प्रालिबाट पनि सुनसरी धरान ५ बस्ने वर्ष ३१ का चनद्र बहादुर बिक र सोही क्षेत्र बस्ने  २८ बर्षिय अनिता बिक पक्राउ परेका छन् ।

उनीहरुको साथबाट पनि बिभिन्न बैंकको चेक बुुक, बचत तथा कर्जाको पासबुुक, स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम छ करोड ९९ लाख ८० हजार सात सय ३७ रुपैयाँ बरामद भएको छ । सिआईबीका अनुसार .चौतारी ईन्भेष्टमेन्ट प्रा.लि. विराटनगरबाट पनि २७ का राजु साह पक्राउ परेका छन् ।

शाह सञ्चालक रहेको उक्त कम्पनीबाट कारोवारमा आवस्यक पर्ने बिभिन्न कागजपत्र सहित स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन गरेको बचत रकम आठ लाख ६१ हजार दुुई सय ७४ रुपैयाँ बरामद भएको छ ।

यसैगरी मन्सुन ईन्भेष्टमेन्ट प्राईभेट लिमिटेड, ईटहरी, सुनसरीका पनि ३४ बर्षिय सुनिल गुरागाई पक्राउ परेका छन् । पक्राउ परेका गुराँगाईको साथबाट पनि बिभिन्न कागजपत्र सहित स्थानीय जनताबाट अवैधानिक रुपमा संकलन  गरेको बचत रकम ५० लाख रुपैयाँ बरामद गरिएको छ ।

यसबाहेक छिन्ताङ् ईन्भेष्टमेन्ट प्रा.लि. ईटहरी, सुनसरीका दुुई जना सञ्चालक पनि पक्राउ परेका छन् । सिआईबीका अनुसार अवैधरुपमा कारोवार गर्ने उक्त कम्पनीका सञ्चालक २८ बर्षिय डिल्ली प्रसाद आचार्य र ३५ बर्षिय प्रकाश आचार्य पक्राउ परेका हुुन ।

उनीरुहको साथबाट पनि कारोवारका लागि आवस्यक पर्ने बिभिन्न कागजपत्रहरु बरामद गरिएको सिआईबीले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan