Saturday 22nd of September | २०७५ असोज ६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विद्यालाई खनाल बाधक, उपेन्द्र यादवको दिनगन्ती शुरु ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ४ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ फागुन । नयाँ सरकार गठन सँगै राष्ट्रपति र उपराष्ट्रपति को बन्लान भन्ने जिज्ञासा पनि बढ्दै गएको छ । अहिले भइरहेका राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आफूहरुनै दोहोरिन लबिङ गरिरहेको बुझिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड यस प्रति सकारात्मक भएको बुझिएको छ । तर पार्टी एकतासँगै दुवै पार्टी केही शिर्ष नेताहरुको व्यवस्थापन गर्नु पर्ने बाध्यता छ ।

त्यसैले एमाले नेता झलनाथ खनालको नाम पनि अहिले राष्ट्रपतिको रुपमा चर्चामा छ । खनालले पनि पाएमा राष्ट्रपति पद खाने आशय व्यक्त गरेको बुझिएको छ ।

माओवादीबाट बन्ने अवस्था भएमा अमित शेरचनको नाम चर्चामा छ । एमाले भित्र माधव नेपाल पक्षपनि झलनाथ खनाललाई राष्ट्रपति बनाउने पक्षमा भएको बुझिएको छ ।

त्यसैगरी केपी ओलीले चाहे पनि अहिले भइरहेका राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दोहोरिन गरिरहेको पहल सार्थक हुन गाह्रो पर्ने बुझिएको छ ।

उपेन्द्र यादवको दिनगन्ती शुरु ?
मधेशको मात्रै होइन पहाडी जनजातिको पनि मसिहा बन्ने महत्वाकांक्षा बोकेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको दिनगन्ती शुरु भएको विश्लेषण गर्न थालिएको छ । यस्तो विश्लेषण नेपालमा होइन मधेशीहरुकै गडफादर भनिने भारतीयहरुले गर्न थालेका हुन् ।

मधेशीहरुको जोड बल र बलिदानबाट प्राप्त भएको भनिएको मधेशको पहिलो प्रदेश सरकारको मूख्यमन्त्री मुश्लिम बनाएपछि उपेन्द्र यादवको राजनीतिक भविश्य सकिएको चर्चा भारतीयहरुले गर्न थालेका हुन ।

नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने र भारतलाई समेत विस्तारै हिन्दूत्वतर्फ ढल्काउनु पर्ने अभियानमा लागेको भारतीय जनता पार्टीका लागि भारतसंग सीमा जोडिएको भूमिमा मुश्लिम मूख्यमन्त्री बनाएर यादवले भाजपालाई जानी जानी चुनौती दिन खोजेको विश्लेषण उनीहरुले गरेका छन् ।

यादवमाथि युरोपेली युनियनको प्रभावमा परेको र चिनियाँहरुको पैसा खाने गरेको आरोप भारतीयहरुले लगाउँदै आएका हुन, नेपालीपत्रमा उल्लेख छ ।

तर मधेशीको अधिकारका लागि लडेको भन्दै अहिलेसम्म उनीहरुले यादव विरुद्ध खाशै कदम नचालेको बताइन्छ । प्रदेश नम्बर २ को मूख्यमन्त्रीमा लालबाबु राउतलाई ल्याएपछि अब यादवलाई देखाईदिने तयारीमा भारतीयहरु लागेको बताइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan