Wednesday 21st of November | २०७५ मङ्सिर ५ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक सातामा नयाँ सरकार : नेता नेपाल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १ मंगलबार |
newsabhiyan
newsabhiyan

चितवन, १ फागुन  ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता माधवकुमार नेपालले एक साताभित्र मुलुकले नयाँ सरकार पाउने बताउनुभएको छ ।

प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको समापन समारोहलाई आज भरतपुर महानगरपालिकाको पटिहानीमा सम्बोधन गर्दै उहाँले एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बन्ने बताउनुभयो ।

दुई पार्टी मिलेर नयाँ पार्टी बन्ने भन्दै उहाँले यसले अरू पार्टीहरुलाई पनि सकारात्मक सन्देश दिने बताउनुभयो । अब देश विकासको बाटोतर्फ जाने भन्दै उहाँले विदेशीहरु पनि नेपालमा लगानी गर्न इच्छुक रहेका छन् भन्नुुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले खेलले एकताको भावना र अनुशासन पालना गर्न सिकाउने भएको भन्दै राष्ट्रका निम्ति खेल गौरव भएको बताउनुभयो । (रासस) 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan