Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

'दाजु आउट, भाइ इन भनेर खेलकुद परिषदभित्र खैलाबैला'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३० पुस । सबै खालका निर्वाचनमा नराम्ररी हार खान पुगेको राप्रपाका अध्यक्ष कमल थापाका दिनले अब नेटो काटेजस्तो छ ।

तर भाइ गणेश थापा फेरि एन्फाको अध्यक्ष बन्ने चलखेलमा लागेपछि दाजु आउट, भाइ इन भनेर खेलकुद परिषदभित्र हल्ला चल्न थालेको छ ।

गणेश थापामात्र होइन, उनको छोरा समेत विदेशी सहयोग हिनामिनामा कारवाहीमा परेका व्यक्ति हुन् । राजनीतिक प्रभावकै कारण उनीमाथि कडा कारवाही नभएको हो, छुट पाएका हुन् ।

एन्फामा २१ वर्ष यिनकै राज थियो । मोटो रकमको भ्रष्टाचारलाई सामसुम पारियो । भ्रष्टाचारको मुद्दाको फाइल अहिले पनि अख्तियारमा छ, कुनै पनि बेला खुल्न सक्छ ।

केपी ओलीको सरकार गठन भएपछि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बनाउने इच्छा छ रे केपी ओलीको । खेलकुदमा गणेश थापालाई केपी ओली शरदचन्द्र शाहभन्दा दमदार ठान्दा रहेछन् । काशी काश्मिर अजव नेपाल भनेको यही हो । नहोला भन्न सकिन्न ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan