Sunday 21st of January | २०७४ माघ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोटो रकम बुझाएर दूधमा पौडिने तरखर, अख्तियार प्रमुखमा घिमिरे कि पौडेल ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २८ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ पुस । चुनावपछि काम चलाऊ बनेको शेरबहादुर देउवा सरकारका मन्त्रीहरुको ध्यान विगत एक महिनादेखि कहाँ कसलाई नियुक्त गर्ने र कति खाने भन्ने मात्रै रहेको बेला कृषि मन्त्री रामृष्ण यादव पनि जाँदाजाँदै दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेर एक खोका थैली बुझ्ने तयारीमा लागेको कृषि मन्त्रालयमा चर्चा हुने गरेको छ ।

दूग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक पदमा पुग्न कृषि मन्त्रालयकै एक जना पूर्व सहसचिव मोटो  रकम बुझाएर बसेको चर्चा मन्त्रालयमा ब्यापक बनेको छ । यसरी मोटो रकम बुझाएर बस्ने ब्यक्ति अरु कोही नभएर केही समय अघि मन्त्रालयबाट अवकाश पाएका युवराजकुमार कार्की भएको सूत्रको दाबी छ ।

कर्मचारीहरुमा वाइ टु के को नामबाट परिचित कार्कीले दूग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रबन्धक बन्नका लागि मन्त्री यादवलाई मोटो रकम पेश्की दिएर बसेको बताइन्छ ।

कार्की तिनै ब्यक्ति हुन जो ब्यावसायिक कृषि अनुसन्धान आयोजना (प्याक्ट) मा रहँदा करोडौं भ्रष्टाचार गरेको आरोप लागेको थियो । उनी विरुद्ध अख्तियारमा मुद्धा समेत परेको थियो ।

तर कांग्रेस नेता गगन थापा र कार्कीको ससुराली घर एउटै (फूपु भतिजीका लोग्ने) भएको आधारमा थापाले तत्काल अख्तियार प्रमुख लोकमान सिंह कार्कीसंग खुसामद गरी मुद्धा फिर्ता गराएको चर्चा पनि गर्ने गरिन्छ । तिनै कार्की अहिले दूग्ध विकासको हाकीम बनेर दूधमा पौडी खेल्ने सपना देखिरहेका छन् ।

 अख्तियार प्रमुखमा घिमिरे कि पौडेल ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्नेतको कार्यकाल सकिन लागेपछि अख्तियार प्रमुख बन्नका लागि नयाँ दौडधूप शुरु भएको छ ।

लोकमान सिंह कार्की प्रमुख हुदैदेखि आयुक्तको रुपमा रहेको बस्नेतको अवधि अब डेढ महिना मात्रै बाँकी रहेको छ । कार्कीको बहिर्गमनपछि अख्तियारको प्रमुख बन्ने अपुताली पाएका बस्नेतले ब्यक्तिगत स्वार्थ पूर्तिभन्दा खाशै काम नगरी कार्यकाल कटाएका छन् ।

अब उनी दोहोरिने संभावना समेत नरहेकाले अख्तियार प्रमुख बन्न भित्रभित्रै चर्को दौडधूप चलेको बुझिएको छ । हुन त प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियारमा समेत आफ्नै मान्छे नियुक्त गरेर जाने इच्छा नदेखाएको पनि होइनन् तर त्यसो गर्न नभ्याउने भएपछि अख्तियार प्रमुख नयाँ सरकारले नै नियुक्त गर्नेमा शंका छैन ।

अख्तियारको प्रमुख आयुक्त बन्न अहिले एमाले निकटका ब्यक्तिहरुको दौड चलिरहेको बुझिएको छ । त्यसमा अख्तियार भित्र र बाहिरका ब्यक्तिहरु रहेको बताइन्छ । अख्तियर भित्रबाट आयुक्त नविन्द्र घिमिरे दौडमा रहेको अख्तियार सूत्रले जनाएको छ ।

बाहिर रहेका मध्ये पूर्व मन्त्री समेत रहेका माधव पौडेल र स्थानीय निकाय पुनर्संरचना आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेल दौडमा रहेको बुझिउको छ,  नेपालीपत्रमा उल्लेख छ ।

तर अख्तियार प्रमुख जस्तो सवैभन्दा शक्तिशाली र प्रभावशाली संवैधानिक अंगमा जाने ब्यक्ति हुनेवाला प्रधानमन्त्रीको विश्वास पात्र मात्रै भएर पुग्ने छैन, उक्त पात्रले चित्त बुभ्mने गरी थैली पनि बुझाउनु पर्नेमा शंका छैन । त्यसैले अहिले नै अख्तियार प्रमुखको दौडको छिनोफानोको अनुमान गर्न कठिन छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan