Sunday 21st of January | २०७४ माघ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुर्सीमा अवरोध पुर्याइए पार्टी नै फुटाइने !, बढ्यो राष्ट्रपतिमा विद्याकै सम्भावना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २४ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ पुस । एमालेको संस्थापन पक्षले नयाँ सरकार गठन प्रक्रियामा भइरहेको ढिलाइको मुख्य जिम्मेवार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको ठहर गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र माओवादी अध्यक्ष प्रचण्डबीच अहिले पनि सिधा कनेक्सन रहेको र त्यही कनेक्सनका कारण नयाँ सरकार गठन प्रक्रिया तन्कँदै गएको दाबी एमाले अध्यक्ष खड्गप्रसाद ओलीले आफ्ना निकटस्थहरुसँग गरेका छन् ।

हिजो आइतबार प्रकाशित एक दैनिक पत्रिकाको अन्तर्वार्तामा एमाले नेता माधवकुमार नेपालले पनि माओवादी अध्यक्ष प्रचण्डलाई अल्पदृष्टिको नेता भएको बताएका छन् । सरकार निर्माणका लागि दिन लम्बिँदै जाँदा एमाले–माओवादी एकता टाढिँदै गएको छ भने नेताहरुबीच संवाद हुनसमेत छाडेको छ ।

दुई कम्युनिष्ट पार्टीको गठबन्धन र पार्टी एकीकरणमा एमाले इमान्दार नदेखिएको दाबी माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमै गरिसकेका छन् ।

प्रत्यक्षतर्फको मतगणना परिणाम आउना साथ सार्वजनिक कार्यक्रममै प्रचण्डले भनेका थिए–हामीलाई बाइपास गरी मधेसी दलसँग मिलेर सरकार बनाउने तयारी एमालेका साथीहरुले गरेका छन्, मधेसी दलहरुले संविधान संशोधनको ग्यारेन्टी खोजेकाले कुरा मिलिराखेको छैन, आखिर हामीसँग मिलेर नै सरकार गठन गर्नुर्ने बाध्यता एमालेलाई छ ।

समाचार स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले दुवै मधेसी दलसँग वार्ता अघि बढाएका थिए, तर उनीहरुले संविधान संशोधनलाई बटमलाइन बनाएका कारण कुरा मिल्न सकिरहेको छैन, एमाले र मधेसी दलको मात्रै संविधान संशोधनका लागि दुई तिहाइ बहुमत पुग्ने अवस्था छैन ।

संविधान संशोधनको सुनिश्चितता नभई मधेसी दलहरु सरकारमा सामेल हुने सम्भावना तत्कालका लागि छैन । राष्ट्रिय सभाको निर्वाचन बहुमतीय पद्धतिबाट गराउने आफ्नो पार्टीको अडानलाई माओवादीले तुहाई दिएका कारण एमाले अध्यक्ष ओली सशंकित बनेका हुन् ।

राष्ट्रिय सभाको निर्वाचन बहुमतीय पद्धतिबाट हुने भएको भए राष्ट्रपति र उपराष्ट्रपति पद हात पार्न एमालेलाई अरु पार्टीको सहयोग जरुरी पर्ने थिएन । यो बुझेर नै माओवादीले एकल संक्रमणीय पद्धति हुने गरी अ ध्यादेश जारी गर्न राष्ट्रपतिलाई दबाब दिएको हो । एमालेको बार्गेनिङ पावर घटाउने रणनीतमा एमाले लागेको थियो ।

एमालेको तुवलनामा माओवादीको रणनीति यतिबेला सफल देखिएको छ । एमालेले मधेसी दलको सहयोग लिन नसक्ने वातावरण निर्माण गर्ने रणनीतिमा प्रचण्ड सफल भएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि एमाले एक्लैको बहुमत पुग्न नदिने रणनीतिमा पनि प्रचण्ड सपवmल भइसकेका छन् ।

अब प्रचण्डको रणनीति राष्ट्रपति पद तत्काल हात पारिहाल्ने र प्रधानमन्त्री पद सके अहिले नै हात लगाउने तयारी गरेका छन् । यो प्रयास असफल भए एक डेढ वर्षपछि हात पार्ने दिशामा केन्द्रीत रहेको छ । प्रचण्डको यो खतरनाक रणनीति थाहा पाएपछि एमालेको संस्थापन पक्षले पनि माओवादी पार्टी फोड्ने र फुटेको टुक्रालाई आफ्नो पार्टीमा विलय गराएर बहुमत पुर्याउने रणनीति अवलम्बन गरेको छ ।

बढ्यो राष्ट्रपतिमा विद्याकै सम्भावना

राष्ट्रपति पदको विषयलाई लिएर एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको गाँठो अड्केको छ । एमाले अध्यक्ष खड्गप्रसाद ओली कुनै पनि हालतमा राष्ट्रपति पदमा विद्या भण्डारीलाई नै निरन्तरता दिने अभियानमा छन् ।

तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने कुनै पनि हालतमा राष्ट्रपति पद आफ्नो पार्टीको भागमा पार्ने अभियानमा रहेको बुझिएको छ । प्रचण्डले नेपाली कांग्रेसको समेत समर्थनमा राष्ट्रपति पदका लागि रामबहादुर थापा बादललाई सर्वसम्मत बनाउन प्रयास गरिरहेका छन् भने विद्याले पनि एक दुईबाहेक कांग्रेसलाई चिढ्याउने काम गरेकी छैनन् ।

प्रधानमन्त्री पद परिवर्तनशील हुने, तर राष्ट्रपति पद सामान्यतया अपरिवर्तनशील हुने भएकाले एमाले र माओवादीबीच राष्ट्रपति पदका लागि हानाथाप देखिएको हो । प्रधानमन्त्री परिवर्तन गर्न प्रतिनिधिसभाको बहुमत भए पुग्छ, तर राष्ट्रपति परिवर्तनका लागि भने दुई तिहाई बहुमत चाहिन्छ ।

केही दिनअघि आफ्नै निवासमा भएको कुराकानीमा प्रचण्डले पार्टी एकीकरणमा समेत सहज हुने तर्क राख्दै बादलको नाम राष्ट्रपतिका लागि प्रस्ताव गरेका थिए । बादलको नाम सुन्नेवित्तिकै नाक खुम्च्याएका ओलीले त्यसपछि प्रचण्डसँग हार्दिकतापूर्वक भेटघाट नगरेको समाचार स्रोतले बताएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग नियमित छलफल गरेको कुरालाई पनि ओलीले शंकाको दृष्टिले हेरिरहेको बुझिएको छ ।

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर एमाले र माओवादीबीच जुट्नै नसक्ने गरी दुरी बढ्यो भने आश्चर्य नहुने अवस्था सिर्जना हुँदै गएको समाचार स्रोतले बताएको छ । प्रचण्ड विद्रोही सेनाको नेतृत्व गरेका बादललाई नेपाली सेनाको समेत कमान्डर बनाएर जनयुद्धलाई वैधानिकता दिन चाहन्छन् भने भोलि आउन सक्ने मुद्दा मामिलालाई वैधानिक रुपमै टुंग्याउन सकिने बाटो खोजिरहेका छन्, स्रोतले भन्यो ।

राष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्छ भनेर माओवादीलाई बार्गेनिङ गर्न सक्ने अवस्थामा पुर्याइदिएको भने नेपाली कांग्रेसले नै हो । राष्ट्रिय सभाको निर्वाचन बहुमतीय पद्धतिबाट हुने व्यवस्था गरिएको भए राष्ट्रपति तथा उपराष्ट्रपतिका लागि एमालेको मात्रै मतले पुग्ने थियो, तरुणमा उल्लेख छ ।

तर एकल संक्रमणीय विधिद्वारा राष्ट्रिय सभाका सदस्य निर्वाचित हुने प्रावधानका कारण एमालेलाई राष्ट्रपति तथा उपराष्ट्रपति हात पार्न केही सिट पुग्दैन । त्यही अपुग भोटका कारण माओवादीले राष्ट्रपति पद माग्ने हिम्म गरेको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan