Sunday 21st of January | २०७४ माघ ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

४0 स्थानको परिणाम आउन बाँकी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ मंसिर  । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सय ६५ मध्‍ये अधिकांश क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। आइतबार ११ बजेसम्म १ सय २४ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। अब ४१ स्थानमा अन्तिम परिणाम आउन बाँकी छ।

कुल १ सय २४ स्थानको मतपरिणाम आउँदा ६८ स्थानमा एमालेले जितेको छ। २६ सिट जितेर माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ भने कांग्रेसले १४ सिट जितेको छ। अन्य दल तथा स्वतन्त्रले १६ सिट जितेको छ।

त्यसैगरी, अग्रता पनि एमालेले नै लिएको छ। एमालेले १२ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्र र कांग्रेसले ९ र ८ स्थानमा अग्रता लिएको छ। अन्य दलले १५ स्थानमा अग्रता लिएका छन्।

प्रदेशसभातर्फ आइतबार रातिसम्मको मतगणनाअनुसार एमालेले प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फ ५० प्रतिशतभन्दा बढी स्थानमा जित हात पारेको छ।

त्यसैगरी, प्रदेशसभातर्फ २ सय ५० क्षेत्रको परिणाम आउँदा १ सय ३१ क्षेत्रमा एमालेले जितेको छ। माओवादीले ५९, कांग्रेसले ३२ र अन्य दलले २८ प्रदेशसभामा जित हात पारेको छ।

यस्तै, प्रदेशसभातर्फ एमाले २४, माओवादी केन्द्र १०, कांग्रेस १० तथा अन्य दलले १७ स्थानमा अग्रता कायम गरेका छन्। अन्न पूर्ण पोस्ट दैनिक बाट 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan