Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल मङ्सीर २० गते बुधवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । मङ्सीर महिनाको २० गते बुधवार ।
अँग्रजी मितिः ई.सं. २०१७ डिसेम्बर महिनाको ०६ तारिख ।
तथीः दक्षिणायन,  हेमन्त ऋतु पौषकृष्ण पक्षको तृतीया तिथी, १५ः१४ बजेपछि चतुर्थी तिथी ।
योगः शुक्ल योग, २१ः४१ बजे पछि ब्रह्म योग ।
नक्षत्रः पुनर्वसु नक्षत्र ।
करणः भद्रा करण १५ः१४ बजेसम्म उपरान्त बव करण ।
चन्द्रमाः  मिथुन राशिमा, २२ः०३ बजेपछि कर्कट राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः४२ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः०७ बजे ।
राहुकालः ११ः५४ बजेपछि १३ः१३ बजेसम्म ।
यात्राः  पश्चिम दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आज पराक्रम बढेर आएकोले सानातिना काममा सहजै सफलता मिल्नेछ भने  नविन कार्ययोजनाको जमर्को तथा प्रस्ताव पनि आउनसक्ने छ । उत्साह तथा उमङ्गिलो दिन परेकोले समयको सदुपयोग गर्नाले व्यवसायिक प्रगती तथा लाभ हुने र सन्तुष्टि मिल्नेछ । सहयोग पनि प्राप्त गर्नसकिने साथै परिश्रमले सफल भैनेछ । प्रतिस्पर्धा तथा खेलकुद आदिमा सफलता मिल्ने छ भने अभिष्ट कार्य सिद्धि हुनेछ । पुरुषार्थ गर्नसकिने छ भने सफलता आदिको कारणले केही महत्त्वाकांक्षा पनि बढाउने छ । दाजुभाइको बीचमा मतान्तरको बाबजुत पनि समझदारीमा ल्याउन सकिनेछ । आज तीन अङ्क, हरियो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ भने भाइबहिनीलाई सहयोग गर्नुले विशेष महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन तपाईँले बोलेको कुरालाई लिएर खण्डन हुनसक्ने सम्भावना छ होसियारी पूर्वक बोलीव्यवहार गर्नुपर्ला । पेशा तथा व्यवसायमा आकस्मिक चहलपहल बढ्ने र लाभ प्राप्त हुनेछ । आलोचनात्मक सम्बन्ध गाँस्दै आएका स्वजनहरु पनि आज तपाईप्रति प्रभावित हुनेछन् । विपरित खानपान तथा संगतमा पर्नसकिने र केही धनोन्माद् वा धनापव्ययको सम्भावनालाई भने नकार्न सकिन्न । होस एवं संयमपूर्वक व्यवहारिक भएर अघि बढ्नाले केही राम्रो उपलब्धि गर्नसकिने छ । परोपकार एवं संघसंस्था आदिको औपचारिक कार्यक्रममा सहभागिता हुनपाइने सम्भावना छ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल रहेको छ । तथापि गुरु बृहस्पति र भैरवदेवलाई प्रसन्न बनाउनु उपयुक्त हुनेछ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न तथा अभिष्ट कार्यमा सफलताको लागि बृहस्पतिका प्रतिनिधि गुरु जनहरुको आर्शिवाद लिनु बुद्धिमानी हुनेछ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ भने भगवान लक्ष्मीनारायणको श्रद्धाभक्ति एवं स्तुति  गर्नु उपयुक्त हुनेछ ।


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने र खर्च बढ्नसक्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत अन्त्यमा परिणाम केही आफ्नो पक्षमा ल्याउनसकिएला र अल्प सुखहोला । मान्यजनप्रतिको व्यवहारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदिको लागि याात्रा गर्नु, उपयुक्त स्थानमा दानदातव्य आदि गरी सहयोग गर्नु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने कसैको परोपकार गर्नाले पनि अनिष्टकर ग्रहदोषमा राहत मिल्नेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन आयकर ग्रहगोचर परेको छ । कसैकसैलाई परिश्रमविनाको धर्नाजर्न तर्फपनि मन आकर्षित हुनसक्ने छ, जसले नैतिकतामा प्रश्न चिह्न लगाउनसक्ने छ ख्याल गर्नुहोला । सामान्यतया पुरुषार्थ बृद्धि हुने, प्रसंशा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । विद्यार्थीहरु परीक्षामा उर्तिण भइने र हौसला मिल्ने छ । यात्रा हुनसक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुरसम्बन्ध स्थापित हुनेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग तथा दीनदुखीको सेवा फापकर हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन उच्चकोटीको मानसम्मान प्राप्त हुनसक्ने खालको छ । व्यक्तित्त्वको विकास हुने सुअवसर मिल्ने हुनाले समयको बढीभन्दा बढी सदुपयोग गर्नुहोला । व्यापार व्यवसाय, राजनीति एवम् समाजसेवाको क्षेत्रमा ग्रहले राम्रो बल दिएको छ तथापि मनकारक ग्रह चन्द्रमा भने केही कमजोर रहेकोले त्यसको उपाय अवलम्बन गर्नु बुद्धिमानी तथा फापकर हुनेछ । यहाँलाई आज एक अंक, रातो रङ्ग अनुकूल हुने छ भने चन्द्रमाको नाममा सेतो रङ्गको वस्तु दान गर्नु वा उपहार दिनु हितकर हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आज वास्ता नगरिएको पाटोबाट सफलता मिल्ने छ । केही दबाब तथा अपयशको सामना गर्नपर्नेछ । त्यसको बाबजुत अनुकूलताको मात्रा बढी महसूस हुनेछ । संघर्ष एवं रणनीतिक ढङ्गले काममा सफलता प्राप्त गर्न सकिने छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने तथा धर्मकर्म सम्पादन हुनसक्ने छ व्यवसायमा मन र समय दिनाले लक्ष्मी कृपा प्राप्त गर्न सकिने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि गोचरले संकेत गरेको छ । नौ अंक पहेलो रंग र धार्मिक क्षेत्रलाई सहयोग गर्नुले अझ बढी शुभदायक भूमिका निर्वाह गर्नेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावनालगायतका केही संघर्षजन्य परिस्थितिको सामना गर्नपर्ने खालको देखिएको छ । कार्यक्षेत्रमा केही अबरोध सृजना हुनसक्ने भएकोले सावधानीपूर्वक सामना गर्ने मानसिक बल बढाउनुहोला । आज कुनै पनि कार्य हतार नगरी होस पुर्याएर गर्नु बुद्धिमानी हुनेछ । जन्मदशा अनुसार प्रतिकूल ग्रह चल्नेहरुको लागि मान्यजन कष्टको पनि सम्भावना देखिन्छ । धैर्यता र संयमले प्रतिकूल समय टर्न दिनु उचित हुनेछ । आठ अंक एवम् रातो रङ्गको प्रयोगआज यहाँको लागि शुभ रहनेछ । रोगी तथा दीनदुःखीप्रति सेवा सहयोग गर्नुले पनि कष्ट निवारण गर्न मद्दत पुग्नेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन अल्लि तामसीप्रवृतिको वृतिविलासले प्रसय पाउने हो कि भन्ने देखिएको छ । आमोद–प्रमोद चाहना बढ्ने ग्रहगोचर छ । गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि त्यतिकै रहेकोले होस पुर्याउन जरुरी छ । अन्यथा जोशमा होश गुमाउने र फुर्सदमा पछुताउने हुन सक्नेछ । व्यवसाय तर्फ सामान्यतया उन्नति हुनाले आर्थिक सङ्कलन गर्न सकिनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । विवाह प्रस्तावको विषयमा भने विशेष विचार पुर्याउन जरुरी हुनेछ । आज यहाँको लागि सात अङ्क, सेतो रङ्गको प्रयोग र भैरवदेवको स्तुति गर्नु शुभकर हुनेछ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन गोचर दाहिना देखिएको छ । स्वास्थ्यमा आरोग्यता बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ । आँटसाहस तथा  हिम्मत बढेर आउने र शत्रुपक्षलाई झुकाउन सकिनेछ । विपक्षीसँगको रणनीतिक खेलमा सफलता मिल्नेछ । अवसर तथा समयको सदुपयोगले प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । स्वकार्य तथा व्यवसाय वा जागिर आदि पेशामा राम्रो उपलब्धि तथा सफलता प्राप्त गर्न सकिने छ । आज यहाँलाई हरियो रंङ्ग, छ अङ्कको उपयोग अनुकूल रहने छ भने लक्ष्मी मैञाको दर्शन वा स्मरणले थप मार्गप्रसस्त गर्नेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सुधार भएको देखिन्छ तर पनि आत्मप्रशंसाको चाहनाले केही दुःख दिनसक्ने छ । मान्छेहरुको नजरमा अल्लि प्रभाव जमाउन कठिन पर्ने सम्भावना पनि छ । समयको सदुपयोग गर्नेहरुको लागि भने कुनै काम सिक्ने कार्यमा प्रगति गर्नसकिने छ । अर्काको चियोचर्चोमा मन जानाले आफ्नो कार्य अधुरो रहनसक्ने कुराप्रति होसियारी हुनुपर्ला । गोपनीयता बचाउन पनि यत्न गर्नु होला । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि शुभ हुनेछ भने गरीब विद्यार्थीलाई सहयोग गर्नु फापसिद्ध हुनेछ । 


मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूल मान्न अल्लि नसकिने खालको छ । संघर्षको अनुभूति हुनसक्ने ग्रहगोचर परेले  काम कार्यमा मान्छेहरुले आलोचना गर्नसक्ने वा अपजश दिन सक्नेछन् । हतास मानसिकतालाई संयम गर्ने र धैर्यताको अभ्यास गर्ने गर्नाले दुष्परिणामबाट बच्न मद्दत मिल्नेछ । आज तपाईले जनव्यवहारमा आवश्यकभन्दा बढी सरोकार नराखेकै राम्रो हुनेछ । भइपरि आउने दैनिकी कामकार्यमा सकारात्मक चिन्तनको साथमा लाग्नु भएमा सम्भावित प्रतिकूलतालाई कम गर्न र केही काम बनाउन सकिनेछ । आज आमा वा आमासमानकी व्यक्तित्त्वको मार्गदर्शन लिनु आज यहाँको लागि विशेष शुभप्रद हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan