Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल मङ्सीर १९ गते मङ्गलवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १९ मंगलबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । मङ्सीर महिनाको १९ गते मङ्गलवार ।
अँग्रजी मितिः ई.सं. २०१७ डिसेम्बर महिनाको ०५ तारिख ।
तिथीः दक्षिणायन,  हेमन्त ऋतु पौषकृष्ण पक्षको द्वितीया तिथी, १७ः३५ बजेपछि तृतीया तिथी ।
योगः शुभ योग, २४ः४९ बजे पछि शुक्ल योग ।
नक्षत्रः मृगशिरा नक्षत्र, ०६ः५७ बजेपछि आद्र्रा नक्षत्र ।
करणः तैतिल करण ०६ः४६ बजेसम्म उपरान्त गर करण ।
चन्द्रमाः  मिथुन राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः४१ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः०७ बजे ।
राहुकालः१४ः३० बजेपछि १५ः४९ बजेसम्म ।
यात्राः  दक्षिण र पश्चिम दिशाको लागि उपयुक्त ।


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आज पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादनको दिन रहेपनि मुख्य ठानिएको काममा ग्रहको अबरोध देखिएको छ । अतिरिक्त पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा रुचि बढ्ने छ । विशेष कार्ययोजना बन्नसक्ने छ  । आफन्तीसँग भेटघाट हुने र सहयोग पनि पाइने छ । महत्त्वपूर्ण काममा आउने विघ्नता निवारणको लागि विघ्नहर्ता भगवान पवनपुत्र श्रीहनुमान जीको र श्री गणेशजीको दर्शन भक्ति उपयुक्त हुनेछ । आज यहाँलाई तीन अङ्क र हरियो रङ्गको प्रयोग गर्नु बढी फापसिद्ध बन्नसक्ने छ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज केही महत्त्वाकांक्षी प्रमाद्को साथमा मानसिक चञ्चलता बढ्ने सम्भावना देखिएको छ । स्वकार्यलाई भन्दा परकार्यलाई प्रार्थमिकता दिने मनोविज्ञान बढ्नसक्ने हुनाले आफ्नै महत्त्वपूर्ण कार्यमा अधुरो रहन सक्नेछ । आज तपाईको बोलीवचनको अनर्थ लाग्नसक्ने पनि गोरच रहेकोले बोलीव्यवहारमा सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । सकारात्मक सोँचपूर्वक अघि बढ्नाले तथा होसविचार गरेर सावधानीपूर्वक गरेको जनव्यवहारले परिणाम राम्रो दिनेछ । भगवान श्री गणेशजीको सेवा आराधना हितप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने देखिन्छ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसकिने छ । कार्यक्षेत्रमा तथा सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँले पितृको नाममा गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्षकर रहेको देखिएको छ । अल्लि बढी कोसिसले मात्रै ईच्छित कार्यमा आंशिक सफलता मिल्नसक्ला । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु उपयुक्त हुनेछ । उन्माद स्वभाव बढ्नसक्ने तथा खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावना रहेको छ होसियारी अप्नाउनु होला । यात्राको पनि योग देखिएको छ । संघर्षको बाबजुत पनि अप्रत्यासित रुमा कुनै काम बन्ने र भौतिक उपलब्धि हुनसक्ने कुरालाई भने नकार्न सकिन्न । यहाँको लागि आज तीन अंक र पहेंलो रंगको प्रयोग एवम् दान सहयोग गर्नु शुभप्रद हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन उच्चमनोबल बढ्ने र महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने दिन रहेको छ । आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ ।  सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन मानसम्मान तथा उच्च संपर्क विस्तारको सम्भावना छ ।  सम्मानित स्थान प्राप्त हुनेछ, औकात अनुसारको जिम्मेवारी लिनु ठिकै पनि हुनेछ । व्यवसायिक उन्नति र आर्थिक लाभ हुनेछ । कार्ययोजनाको बारेमा छलफल हुने कुरालाई ग्रहले प्रसय दिइरहेको देखिन्छ तसर्थ कार्यको भावी रेखाङ्कन हुनसक्ने छ । आज यहाँलाई रातो रङ्ग, एक अंकको छनौट उपयुक्त हुनेछ भने ग्रहको अबरोधलाई निवारणको लागि गुरु गणपतिको एवम् हनुमानदेवको सेवा आराधना हितकर हुनेछ साथै दीनदुःखीलाई दान दिनु पनि उपयुक्त हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन भलै अपेक्षित कार्यनै बनिहाल्न केही अफ्ठ्यारो देखिएको छ तर पनि अनपेक्षित कार्य बनेर सन्तोष गर्नसकिने सम्भावना छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने तथा धर्मकर्ममा मन जानाले धार्मिक कार्य सम्पादन हुनसक्ने देखिन्छ । जसले गर्दा मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि मन एकतृत हुने तथा लक्ष्मी कृपा हुनेछ । आज अन्य भौतिक उन्नति गर्न पनि सक्नुहुने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले साथ दिइरहेको छ । नौ अंक पहेलो रंग र धार्मिक क्षेत्रलाई सहयोग गर्नुले अझ बढी भूमिका निर्वाह गर्नेछ ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन विलासिता तथा राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने छ । कामकार्यमा पनि विभिन्न खालका अबरोधहरुको सामना गर्नपर्ने सम्भावनालाई गोचरले देखाइरहेको छ । आज दीर्घरोगीहरुले स्वास्थ्यमा अल्लि बढी ध्यान दिन जरुरी हुनेछ । दैनिक जिविकोपार्जन आदिको विषयमा पनि समस्या थपिनसक्ने भएको हुनाले संघर्षको सामना गर्ने मानसिकतामा बस्नु उपयुक्त हुनेछ । समय प्रतिकूल छ भनेर बुझ्न नसके अशान्ति हुन सक्नेछ र बुझेर धैर्य गर्नसकेको खण्डमा भने केही सहज हुनेछ । आज भगवान श्री गणेशजीको भक्ति बढाउनु हितकर हुनेछ ।

 

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । दाम्पत्य सुख मिल्ने तथा विपरित लिङ्गीको सहयोग मिल्नेछ । युवायुवतीहरुको लागि प्रेम सम्बन्धको प्रस्ताव आउन पनि सक्ने सम्भावना रहनेछ । आन्तरिक तथा वैदेशिक यात्राको पनि सम्भावना देखिएले भ्रमण आदिको अवसर मिल्नसक्ने छ । व्यापार व्यवसायीले कर्मक्षेत्रबाट राम्रो लाभ गर्न सकिने छ । जागिर आदि र घरपरिवार एवम् कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनेछ । विभिद् सांसारिक उपलब्धि हुन गई मानसिक सुख एवम् शान्ति मिल्नेछ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने खालको गोचर रहेको छ । साहस, पौरख एवं कान्तिमा वृद्धि हुनेछ भने शत्रुमुकाविलामा सफलता मिल्नेछ । आँटेताकेको काम अगाडि बढाउन सकिने छ । उद्याम एवं व्यवसायमा सफलता मिल्न गई मनग्य लाभ हुनेछ । समर्थक एवं प्रसंशकहरु बढ्नेछन् । आज तपाईले लम्बोदर श्री गणेशजीको सेवा श्रद्धा तथा दर्शन भक्ति गर्नाले सफलतामा वृद्धि हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक मानिहाल्न अल्लि मिल्दैन तथापि बुद्धि पुर्याउनसके ज्ञानार्जनको क्षेत्रमा प्रगति गर्नसकिने छ तर विद्याको उन्माद बढ्ने हो कि भन्ने डर पनि देखिन्छ । जन्मकालमा प्रतिकूल ग्रह हुनेहरुलाई शीर तथा मस्तिष्कसम्बन्धी समस्या आउनसक्ने खतरा पनि देखिन्छ । विनापरिश्रमको धनार्जन गर्ने चेष्टाले परिणाम राम्रो नदिनसक्ने छ, ख्याल गर्नुपर्ला । फजुलका विषयमा चेष्टा दिँदा आफ्नो मुख्यकाम थाति रहनसक्ने सम्भावना छ । वस्तुपरिस्थिति बुझेर अघिबढ्नु र घमण्डललाई संयम गर्नु बुद्धिमानी हुनेछ । पाँच अङ्क, रातो रङ्गको प्रयोग र भगवान श्री गणेशजीको सेवा उपाशना गर्नु हितकर हुनेछ ।


मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन होसियारी रहनुपर्ने दिन देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुनसक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरीसम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज केही पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको  काममा विलम्ब हुने तथा अबरोध आइपर्नसक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवम् अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकिर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमाको आर्शिवादले यहाँलाई ठूलो हित गर्नेछ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan