Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल मङ्सीर १३ गते बुधवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर १३ बुधबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । मङ्सीर महिनाको १३ गते बुधवार ।
अँग्रजी मितिः ई.सं. २०१७ नोभेम्बर महिनाको २९ तारिख ।
तथीः दक्षिणायन, हेमन्त ऋतु मार्गशीर्ष शुक्ल्पक्षको एकादशी तिथी ।
योगः सिद्धि योग, १९ः५६ बजे पछि व्यतिपात योग ।
नक्षत्रः उत्तरभाद्रपदा नक्षत्र, १३ः२३ बजेपछि रेवती नक्षत्र ।
करणः वणिज करण १७ः२४ बजेसम्म उपरान्त भद्रा करण ।
चन्द्रमाः  मीन राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः३७ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः०६ बजे ।
राहुकालः११ः५१ बजेपछि १३ः१० बजेसम्म ।
यात्राः  पश्चिम दिशाको लागि उपयुक्त ।


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा अल्लि बढी मेहनत गर्नुपर्ने देखिएको छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघर्षको बाबजुत पनि अन्त्यमा परिणाम सुखद आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने परोपकारले सन्तोष दिनेछ । साथै आज यहाँले ग्रहको दुष्प्रभावलाई न्यूनिकरण गर्न भगवान श्रीहरिको दर्शनभक्ति गर्न सक्नुहुनेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन कोषमा अर्थ सङ्कलन हुने योग परेको देखिन्छ । व्यापार तथा व्यवसायिक कामकार्यबाट राम्रो लाभ गर्नसकिने छ भने जागिर आदितिर पनि सन्तोषकर स्थिति रहनेछ । इष्टमित्र तथा सहयोगी जनको सकारात्मक भूमिका मिल्नेछ । अध्ययन अध्यापन तथा लेखनको कार्यमा पनि सफलता मिल्नेछ । समयको सदुपयोगले थाति रहेका तथा अपेक्षित काम पूरा गर्नसकिने छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने भगवान लक्ष्मीनारायणको दर्शन भक्ति हितप्रद हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन मानसम्मान तथा उच्च संपर्क विस्तारको सम्भावना भएपनि अपेक्षित फल प्राप्ति गर्न ग्रहको अबरोध देखिएको छ । तथापि केही उपलब्धि भने हुनेछ । केही हद्सम्म सम्मानित स्थान प्राप्त हुनेछ भने औकात अनुसारको जिम्मेवारी लिनु ठिकै हुनेछ । कार्यक्षेत्रबाट आर्थिक लाभ गर्नसकिने छ । महत्तवपुर्ण ठानिएको कार्ययोजनाको बारेमा छलफल हुने कुरालाई ग्रहले प्रसय दिइरहेको देखिन्छ तसर्थ केहीहद्सम्म कार्यको भावी रेखाङ्कन हुनसक्ने छ । मुख्यकार्यमा आउने ग्रहको अबरोधलाई निवारणको लागि भगवान श्रीगणेशको श्रद्धाभक्ति उपयुक्त हुनेछ । कुनै विशेष उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूलताको क्रम बढ्दै गएको हुनाले आँटेताकेको काममा सफलता प्राप्त गर्न सक्नुहुनेछ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने तथा धर्मकर्ममा मन जानाले धार्मिक कार्य सम्पादन हुनसक्ने देखिन्छ । जसले गर्दा मानसिक शान्ति मिल्नेछ साथै व्यवसायमा पनि मन एकतृत हुने तथा लक्ष्मी कृपा हुनेछ । आज अन्य भौतिक उन्नति गर्न पनि सक्नुहुने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले साथ दिइरहेको छ । आज तपाईँको लागि नौ अंक पहेलो रंगको प्रयोग र भगवान विष्णुको स्तुति ध्यान गर्नुले परिणाम राम्रो आउनेछ । धार्मिक क्षेत्रलाई सहयोग गर्नुले अझ बढी भूमिका निर्वाह गर्नेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन अनुकूल मान्न नसकिने देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने ग्रहप्रभाव छ । दीर्घरोगीले आहारविहारमा बढी ख्याल पुर्याउनुहोला । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा शत्रुप्रभाव बढ्ने सम्भावना रहेको छ ।  संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्न र शत्रुको प्रभावलाई न्यून गर्न सकिने छ । हतार नगर्नु नै बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि उपयुक्त रहनेछ । कष्टनिवारको लागि भगवान श्रीहरिको एवं आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु होला ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन भौतिक कर्मको लागि उपयुक्त रहने देखिएको छ । व्यापार तथा व्यवसायिक उन्नति हुनाले आर्थिक लाभ मिल्नेछ । पारिवारिक कर्तव्य पूरा गर्नपनि सकिने छ । सांसारिक सुखभोगले मनमा बढी प्रभाव पार्नेछ । दाम्पत्य भूमिकामा बृद्धि हुने तथा प्रेमसम्बन्धलाई समय दिनपर्ने छ । कोसेली प्राप्ति तथा आतिथ्यताको निम्तोको सम्भावना छ । आज यहाँलाई सात अंक, सेतो रङ्ग अनुकूल रहने छ भने माँ बगलामुखीको श्रद्धाभक्ति सेवा आराधना र विद्वान गुरुजनको आर्शिवाद लिनु शुभप्रद रहनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन व्यवसायबाट यथेष्ट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय मिल्ने तथा सफलता मिल्ने हुनाले आत्मबल यथेष्ट बृद्धि हुनेछ । आरोग्यता र कान्ति बृद्धि हुनेछ भने मानसिक स्वास्थ्यमा दृढता पलाउनेछ । पेशागत विकास र सामाजिक क्षेत्रबाट पनि हैसियत अनुसारको प्रख्याति तथा प्रतिष्ठा लाभ गर्नसकिने देखिन्छ । आज तपाईँले आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग गर्नु अनुकूल रहने छ भने भगवान लक्ष्मीनारायणको श्रद्धाभक्ति एवं दर्शन गर्नु शुभप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन ज्ञानविवेकको सदुपयोग गर्नसकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ । ज्ञानोदयको ग्रहप्रभावले कलाकौशलता बढाउने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रनसकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । बुद्धिको चलख्याईले प्रमि तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

 

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन अल्लि होसियारी पुर्याउनपर्ने खालको रहेको छ । कामकार्यमा विभिन्न दृष्यादृष्य अबरोध आउनसक्ने छन् । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु पनि आइलाग्न सक्नेछन् । अल्लि बढी परिश्रमबाट मात्रै अल्पलाभ एवम् सफलता मिलनसक्ने छ । आफ्नै विचारमा संकोचको भावनाले दुख दिनसक्ने र नसो“चेको झमेला आइपर्नसक्ने पनि सम्भावना छ ख्याल गर्नुहोला । अनावश्यक आसक्ति नगरेकै राम्रो हुनेछ भने आफूमा केही सहने क्षमताको विकास गर्नाले पनि सम्भावित पछुतोबाट बच्न सकिने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना छ, आफ्नो गोपनीयता नखुस्काउनु होला ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन उद्यमकार्य सम्पादन गर्न सकिने छ । पुरुषार्थ बढ्ने र कामकार्यमा निकै मनलाग्ने छ भने विशेष कार्यकोयोजना पनि बन्नसक्ने छ । अभिष्ट सिद्धि तथा स्फुर्तिकर ग्रहयोग परेको देखिन्छ, समयको सदुपयोग गरेर अर्थात उन्मादि फुर्तिलाई संयम गरेर अगाडि बढेमा बा“की रहेको कार्य पूर्ण गर्नसकिने छ भनेमहत्त्वपूर्ण कार्ययोजना तथा विचारविमर्श हुने र व्यवसायिक लाभ प्राप्त गर्नसकिने छ । आज तपाईको लागि भगवान विष्णुको सेवा आराधना गर्नु थप सफलता कारक हुनेछ भने हरियो रंग र तेस्रो क्रमसँख्यालाई ग्रहण गर्नु उपयुक्त हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक नै देखिएको छ । तथापि हुनपर्ने जति काम हुनलाई अल्लि कठिनाई भने पर्नसक्ने छ । बोलीवचनको प्रभाव सकारात्मक नै पर्नेछ भने आर्थिक क्षेत्र पनि सामान्य अनुकूल देखिएको छ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ भने नाता–कुटुम्ब सम्बन्धमा सुधार आउनेछ । सामान्यतया पौरख गर्नसकिने र सफलता एवं लाभ प्राप्त हुने तथा उत्साह बढ्नेछ । आज यहाँहरुको लागि दुई अंक,सेतो रंग उपयुक्त रहने छ । भएकोले भैरवदेवको श्रद्धाभक्ति गर्नु हितप्रद हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन केही हद्सम्म अनुकूल देखिन्छ । तथापि मानसिक आवेग तथा क्रोध बढ्नसक्ने कुरालाई नकार्न सकिन्न । समयको सदुपयोग गर्नाले मानप्रतिष्ठामा बृद्धि हुनेछ । क्षणिक रुपमा भएपनि बोलीव्यवहारले मान्छेलाई प्रभाव पारेर सत्कार्यको लागि आकर्षण गर्न सकिनेछ । उत्साह बृद्धि हुनाले रोकिएर रहेका केही कामकार्यमा सफलता मिल्नेछ । नयाँ कामकार्य आदिको बारेमा पनि सोँच विचार तथा योजना बन्नसक्ने छ । व्यवसाय आदिबाट धनलाभ गर्न सकिने छ भने भौतिक सुख मिल्नेछ । आज तपाईको लागि भैरवदेवको दर्शनभक्ति गर्नु शुभकर हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan