Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कार्यकर्तालाई दिए ठाडो निर्देशन: ‘ म जान्दिन प्रचण्डले थोरैमा पनि ३० हजार मतले विजय हुनुपर्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ५ मंगलबार
newsabhiyan
newsabhiyan

 


चितवन । चितवन आइपुगेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई एक ठाडो निर्देशन दिएकाछन् ।

चुनाव पछि देशमा वाम गठबन्धनको बहुमतको सरकार बन्ने बताउँदै ,म केहि जान्दिन प्रचण्डले थोरैमा पनि ३० हजार मतले विजय हुनुपर्छ’ एमाले माओवादी केन्द्रका नेता कार्यकर्तालाई यस्तै निर्देशन दिए ।

बहुमतको सरकार बन्ने निश्चित रहेको बताउँदै ओलीले भने,‘अब तमसुक गरेर ९-९ महिनामा सरकार फेर्ने दिन गए ।’

मंगलबार चितवनको भरतपुरमा आयोजित वाम गठबन्धनको जनसभा  (प्रकाशको श्रद्धान्जली)लाई सम्वोधन गर्दै ओलीले वाम एकताले अस्थिर सरकार बन्ने नजिर समाप्त भएको बताएका हुन् ।

बहुमत प्राप्त गरेर पनि कांग्रेसले जनता भावना अनुसार काम नगरेको भन्दै अध्यक्ष ओलीले आगामी चुनावबाट देश भर नै वामगठबन्धनका उम्मेदवार विजयी भई बहुमतको सरकार बन्ने र जनताको चाहना अनुसार ५ वर्षसम्म निरन्तर सरकार चलाउने बताए । 

उक्त कार्यक्रम माधव नेपालले समेत संबोधन गरेका थिए । यसै बिच आजको आयोजित छोरा प्रकाशको श्रद्धान्जली शभामा प्रचण्डले सम्बोधन गरेनन् । प्रकाशकी आमा सिता दाहालको समेत उपस्थिती थियो । 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan