Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ललितपुर–३ मा शीर्ष दललाई लिम्बुको चुनौती

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ३ आइतबार
newsabhiyan
newsabhiyan

अनिल नेपाली, काठमाडौं, ३ मंसिर । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा ललितपुर–३ मा प्रमुख तीन दललाई पर्यटन व्यवसायी दल बहादुर लिम्बुले चुनौती दिने भएका छन् ।

नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी विगत दुई दशकदेखि पर्यटन व्यवसायमा संलग्न हुँदै आएका थिए । २०७३ जेठ ३० गते नयाँ शक्ति पाटी नेपाल स्थापना भएसँगै सो पाटीमा आवद्ध लिम्बु केन्द्रिय सदस्य हुँदै अहिले ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका हुन् ।

सो निर्वाचन क्षेत्रमा जम्मा २० वटा वडाहरु छन् । मंसिर २१ मा हुने दुईवटै निर्वाचन नजिकिएसँगै उनी अहिले दिनहुँ घरदैलो कार्यक्रममा निस्कन्छन् र मतदाताको प्रत्येक घरदैलोमा पुगेर विनम्रका साथ भोट माग्छन् ।

सफल पर्यटन व्यवसायी र स्वच्छ छवि भएका लिम्बु कांग्रेस, एमाले र माओवादी केन्द्रभन्दा तुलनात्मक रुपमा आफ्नो चुनावी प्रचारप्रसारमा उत्साहका साथ सक्रिय भएका छन् ।

आफ्नो क्षेत्रलाई पर्यटनमैत्री सहर बनाउने मुख्य एजेण्डाका साथ चुनावी मैदानमा होमिएका लिम्बु प्रमुख तीन दललाई भारी मतले जितेर देखाइदिने कुरामा आफु ढुक्क रहेको बताउँछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan