Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अन्तर्राष्ट्रिय सहकारी महासंघ बोर्ड सदस्यमा नेपाल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर ३ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को ग्लोबल बोर्ड सदस्यमा निर्वाचित भएको छ । मलेसियाको क्वालालमपुरमा शुक्रबार सम्पन्न सम्मेलन तथा साधारणसभाले नेपालबाट उम्मेदवारी दिएकी राष्ट्रिय सहकारी संघकी उपाध्यक्षसमेत रहेकी ओमदेवी मल्ल निर्वाचित भएकी हुन् ।

आईसीए विश्व सहकारी अभियानको छाता संगठन हो । ९४ देशका सहकारी संघहरु सदस्य रहेको यो संस्थाको नेपाल सन् १९९७ देखि सदस्य छ । तर, सञ्चालक समितिमा नेपालको प्रतिनिधित्व पहिलो पटक भएको हो ।


आफ्नो उम्मेदवारी प्रस्तुत गर्नेक्रममा मल्लले दक्षिण एसियाबाट महिला सहकारीकर्मी भएको, नेपालमा सहकारी अभियानको नेतृत्व गरेको र नयाँ सहकारी ऐन ल्याउन पनि व्यवस्थापिका संसद्मा बसेर काम गरेको भन्दै यसबाट विश्व सहकारी अभियानको नेतृत्व गर्न सक्ने बताइन् । उनको यो दावेदारीलाई भारतसहित अमेरिका, ब्राजिल, अर्जेन्टिना, मलेसियालगायतका देशले समर्थन गरेपछि जित हासिल गरेकी हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan