Sunday 27th of May | २०७५ जेठ १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाराको जीतपुर बजारमा ट्रफिक प्रहरीको निगरानी बढ्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार |
newsabhiyan
newsabhiyan

मनोज शाह ,जीतपुर ।  बाराको  जितपुरसिमरा उपमहानगरपालिका  जितपुरमा  जिल्ला  ट्राफिक प्रहरी  कार्यालय बाराले  ट्राफिक सम्बन्धि सर्बसाधरणमा ज्ञान र चेतना जगाउने उदेश्यले होडिङ बोर्डहरु राखेको हो ।

जीतपुरको ब्यस्त बजारमा जानेर वा नजानेर हर्न बजाउने लगायतका ट्राफिक नियमहरु साना ठुला गाडिहरु उल्लङ्घन गरेको पाईएपछि जीतपुर बजार क्षेत्रभित्र आफुहरुको निगरानी बढेको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय बारा निजगढका प्रमुख प्रहरी निरिक्षक रिपेन्द्र कुमार सिहले पहिलो पटक ट्राफिक नियम उल्लङघन गर्नेलाई जरिवाना गर्ने भने तर बारम्बार नियम अटेरी गर्नेलाई थप कार्बाही अगाडि बढाउदै सवारी चालक अनुमती पत्र (लाईसेन्स )सम्म रद्ध गर्ने बताए । जीतपुर बजार क्षेत्रको बिभिन्न ठाउँहरुमा मात्र १५ वटा होडिङ बोर्डहरु राखिएको छ ।

उनले आफनो मातहतका कार्यालयहरुलाई ट्राफिक नियम कडाईको साथ लागु गर्न निर्देशन दिए । कार्याक्रममा ट्राफिक प्रहरी नायब निरिक्षक जटाशंकर कुमार सिह , अस्थाई ट्राफिक प्रहरी कार्यालय जीतपुरका प्रहरी हवल्दार अनुप  चौरसिया ,समाजसेवी रामबाबु गुप्ता सचारकर्मी  लगायतको सहभागिता रहेको थियो


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan