Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रामविरको घोषणा : भष्ट्राचार गर्नुपरे राजनिति बाटै सन्यांस लिन्छु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २ शनिबार
newsabhiyan
newsabhiyan

काठमाडौं । संयूक्त वाम गठबन्धनबाट काठमाडौं क्षेत्र नम्बर ७ को प्रतिनिधी सभा सदस्यका लागि उमेद्वार रहेका एमाले नेता रामविर मानन्धरले भष्ट्राचार गर्न परे राजनिति बाटै सन्यांस लिने घोषणा गरेका छन् । निर्वतमान सांसद समेत रहेका मानन्धरले आफ्नो सिंगो राजनितिक जीवनमा एक पैसा मात्रै भष्ट्राचार गरेको प्रमाणित गरे आजीवन राजनिति नगर्ने प्रतिवद्धता गरेका हुन् ।

काठमाडौं महानगर पालिका वडा नम्बर १६ को दुई पटक वडाध्यक्ष, एक पटक काठमाडौं क्षेत्र नम्बर ७ बाट संविधान सभाको सदस्यको रुपमा निर्वाचित भइसकेका उनले आफू सांसद हुदा गरेको सम्पूर्ण बजेट खर्चको श्वेतपत्र प्रकाशित गरेर जनताको घरदैलोको पुगिरहेका छन् । अघिल्लो व्यवस्थापिका संसदमा पनि भष्ट्राचारका विरुद्ध खरो रुपमा प्रस्तुत भएर राष्ट्रिय चर्चा कमाएका उनले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले आयल निगमको जग्गा खरिद प्रकरणमा गरेको अनियमितताका बारेमा बारम्बार खवरदारी गरेका थिए ।

आर्थिक विकास र सम्बृद्धिका थुप्र्रै योजना बोकेर जनताका विचमा गइरहेका मानन्धरको प्रतिशपर्धाा राप्रपाका विक्रम बहादुर थापासंग हुदैछ । यद्येपी नेपाली काँगेसको समेत समर्थनमा उमेद्वार बनेका थापालाई रामविरको चुनौति फलामको चिउरा सरह रहने छ । काठमाडौं ७ मा महानगरको १६, १७, १८ र २५ वडा परेको छ भने तारकेश्वरको ८ वडा र टोखाको पाँच वडा समेटिएको छ ।

गत स्थानिय तहको निर्वाचनमा महानगरको १६ सँगै १७ र २५ वडा कांग्रेसले जितेको थियो भने १८ मा एमाले विजयी भएको थियो । तर, हारेका ठाउँँमा पनि एमाले दोस्रो स्थानमा छ । जबकी राप्रपाको हरेक वडामा भोट निकै कम छ । वडा १६ मा राप्रपाको भोट ५६१ छ भने अन्य वडामा झन कम छ ।

वडा नम्बर १६ काँग्रेसले जितेपनि मानन्धर सोही वडाको स्थानिय वासिन्दा भएका कारण र दुई पटकसम्म उनी सोही वडाबाट वडाध्यक्षमा निर्वाचित भइसकेका कारण त्यहाँ उनको राम्रो पकड रहेको छ । समग्रमा गत स्थानीय तहको निर्वाचनमा काठमाडौं ७ मा कांग्रेसले ११ हजार १५, एमालेले ११ हजार ८ सय ५६, माओवादीले ३ हजार १ सय २० र राप्रपाले १९ सय ६४ मत ल्याएको थियो ।

यहाँ बाम गठबन्धनको पक्षमा १४ हजार ९ सय ७६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १२ हजार ९ सय ७९ मत रहेको छ । अर्थात यहाँ बाम गठबन्धन १९ सय ९७ मतले अगाडि रहेको छ । प्रतिनिधी सभा सदस्यका लागि काँग्रेसले उमेद्वार सिफारिस गरेपनि पार्टीले कमजोर मत रहेको राप्रपाका लागि ठाँउ खालि गरिदिएपछि काँग्रेसका स्थानिय कार्यक्रर्तामा असन्तुष्टि देखिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan