Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कलिलैमा सेक्स: किशोरी भन्छिन् ,अंकल बच्चा निकाल्ने औषधि दिनुस् रे

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ३० बिहिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं । आज भोली किशोर किशोरीहरु असुरक्षित यौन गर्छन । र कलिलैमा गर्भ पतन गर्छन जसको कारणले गर्दा भविश्यमा बाँझोपन आउन सक्छ । यस विषयमा उनिहरु सोच्दैनन् ।

नेपालमा गरिएको एक सर्वेक्षण अनुसार करिब ६२ प्रतिशत युवक र २७ प्रतिशत युवतिले डेटिङ्गको बेला यौन जन्य गतिविधि गर्ने गरेको तथ्य बाहिर आएको छ ।

अंकल बच्चा निकाल्ने औषधि दिनुस् रे ! काठमाडौं कालिमाटीको एक औषधि पसलमा करिब १४ वर्षकी किशोरीले यसो भनिरहँदा वरिपरिका सब उनलाई नियालेर हेरिरहेका थिए । यतिकैमा विक्रेताले प्रश्न गरे, कसलाई ? उनले भनिन् दिदीलाई ।

बिक्रेताले फेरि सोधे, दिदी कति वर्षकी भइन ? जवाफमा ती किशोरीले भनिन् वर्ष त थाहा छैन अहिले १२ पढनु हुन्छ ।१७ वर्ष नपुग्दै तीन पटक एबोर्सन केही समय अघि वरिष्ठ आर्युवेद तथा प्रसुती रोगविशेषज्ञ डा. सरिता श्रेष्ठको क्लिनिकमा दुई जना किशोर किशोरी आइपुगे । उनीहरुको समस्या भनेको गर्भमा हुर्किरहेको बच्चा थियो । १६ वर्षका उनीहरुले आफूहरु केही सममयमा नै बिवाह बन्धनमा बाधिने कुरा बताए ।

आफैलाई पाल्ने भइसकका छैन यिनिहरुले कसरी बच्चा पाल्लान भन्ने सोचेर डा. श्रेष्ठले गर्भपतन गराइदिन तयार भइन ।जब उनले स्वास्थ्य परिक्षण गरिन तब छक्क परिन । उनको पेटमा पहिले नै अपरेशन गरेको ठुलो घाउँ थियो । यसको मतलब उनले पहिले नै अपरेशन गरेर बच्चा निकालीसकेकी रहिछन् । त्यसपछि डाक्टरले केरकार गर्दा उनले भनिन् यो मेरो तेस्रो पटकको गर्भ हो ।

यो कुरा परिवारका सदस्य कसैलाई पनि थाहा छैन ।विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि १९ वर्षमा गर्भवती बन्ने किशोरीको मृत्यु हुने सम्भावना दोब्बर रहको छ । यस्तो खाले गर्भका जटिलताका कारण विकासोन्मुख देशहरुमा मात्र वर्षेनी ७० हजार किशोरीहरुको अकालमा मृत्यु भइसकेको छ ।

यो जानकारी आजको अन्नपूर्ण सम्पूर्णमा छापिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan