Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र बैंकले आजबाट नयाँ व्याजदर करिडोर लागु (पत्र सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक २९ बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ कार्तिक । नेपाल राष्ट्र बैंकले अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्न नयाँ व्याजदर करिडोर लागुु गरेको छ ।

राष्ट्र बैंकका अनुसार मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले आ.व. २०७३—०७४ को मौद्रिक नीतिमा ब्याजदर करिडोरको व्यवस्था र सोही बमोजिम कार्तिक २९ गतेबाट करिडोर सम्वन्धी व्यवस्था लागुु गरेको जानकारी राष्ट्र बैंकले जानकारी दिएको छ ।

नयाँ ब्याजदर करिडोर कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) ऐन, २०७३ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी ब्याजदर करिडोर सम्बन्धी कार्यविधि, २०७४ जारी गरी लागु गरेको हो ।

कार्यबिधी अनुसार मौद्रिक नीतिका उद्देश्य तथा वित्तीय बजारको अवस्थालाई मध्यनजर गर्दै तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोर मार्पmत् तरलता प्रवाह तथा प्रशोचन गरिने छ ।

यसैगरी ब्याजदर करिडोरको माथिल्लो सीमाकोरुपमा स्थायी तरलता सुविधाको दर सात प्रतिशत रहेको छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा पाँच प्रतिशत रहेको छ ।

ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर तीन प्रतिशत रहेको नयाँ कार्यबिधीमा उल्लेख छ ।

के छ कार्यबिधीमा पत्र ?


 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan