Sunday 19th of November | २०७४ मङ्सिर ३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जापानको सत्ताधारी दल प्रतिनिधि सभाको निर्वाचनमा बहुमत ल्याउने : सर्भेक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक ५ आइतबार
newsabhiyan

टोकियो, जापान, ५ कात्तिक (रासस-सिन्ह्वा) : जापानका प्रधानमन्त्री सिन्जो आवेद्वारा नेतृत्व गरेको समूह लिबरल डिमोक्रेटिक पार्टीले यहाँको संसदको तल्लो सदन प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण विभिन्न सर्भेक्षणले आइतबार निर्वाचन भइरहँदा गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री आवेको दलले ४६५ सीट रहेको प्रतिनिधि सभामा २५३ मत ल्याउने सर्भेक्षणले देखाएको जापानको सार्वजनिक प्रशारक एन्एच्केको प्रतिवेदनमा जनाइएको छ ।

जापानमा आइतबार शान्तपूर्ण अवस्थामा निर्वाचन भइरहेको छ । संसदको तल्लो सभाको ४६५ स्थानमध्ये उहाँको दललेमात्र २९० स्थान हासिल गरेको थियो । त्यस्तै उहाँको सत्ताधारी साझेदार अर्काे एक दलको ३४ गर्दा संसदको ६८ प्रतिशतभन्दा केही बढी स्थानमा आवेद्वारा नेतृत्व गरेको गठबन्धनको पकड रहेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan